महेन्द्र शाही
सोलुखुम्बु, साउन १
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा निर्माण भइरहेको महाकुलुङ चक्रपथ (रिङरोड) सडक निर्माणको काम सम्पन भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा निर्माण भइरहेको उक्त रिङरोडको काम सम्पन भएको जानकारी पगाउँपालिकाकी प्रवक्ता सुभधनी कुलुङले दिइन् ।
लकडाउनले गर्दा २ महिना अवरुद्ध भएको सडक निर्माणको काम सम्पन्न गरिएको उनको भनाइ छ । गाउँपालिकाका सबै वडालाई र सोताङ गाउँपालिकाको पनि केही भू–भाग छुने यो रिङरोड निर्माण भएसँगै गाउँपालिकाका सबै वडामा सडक सञ्जाल पुगेको छ । २०७४ फागुनदेखि काम सुरु भएको चक्तपथ निर्माणका लागि करिब नौ करोड ५० लाख रूपैँया खर्च भएको जनाइएको छ । ४१ किलोमिटर दूरीको सडक गाउँपालिकाको गौरवको आयोजनामध्ये एक हो ।
बाह्रै महिना सञ्चालन हुने दाबी गरिएको रिङरोड निर्माण भएसँगै गाउँपालिका केन्द्र आउँदा पाँच घण्टासम्म हिँड्नुपर्ने नागरिकको बाध्यता अन्त्य भएको छ । आहिले गाउँपालिका केन्द्र आउनका लागि वडा नम्बर ४ र ५ गुदेलबाट ५ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको छ । वर्षाअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाका कारण केही समय ढिलो भएको
गाउँपालिकाका अध्यक्ष सागर किराँतीको भनाइ छ । बर्खाको समय भएकाले अहिले स्थानीयले सडकको उपभोग गर्न नपाए पनि हिउँद लागेपछि यो सडकको उपभोग गर्न सक्नेछन् । साथै अर्को वर्षदेखि यो सडकलाई बर्खाको समयमा पनि सञ्चालन गर्नका लागि आफूहरू लागिपरेको गाउँपालिका अध्यक्ष किराँतीको भनाइ छ । निर्वाचनमा गरिएका वाचाहरू पूरा गर्ने क्रममा रहेको र विस्तारै सबै काम हुने उनले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया