दोलखा, साउन ४
जिल्लाभर लकडाउन खुकुलो भएसँगै दोलखाका महत्वपूर्ण धार्मिक स्थलमा मानिसको चहलपहल बढेको छ । कोरोना न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनले साढे ३ महिनादेखि बन्द रहेका प्रसिद्ध दोलखा भीमेश्वर मन्दिर शनिबार बिहानदेखि खुलेको छ ।
नेपालका ७७ जिल्लामा प्रसिद्ध रहेको पुरानो ऐतिहासिक भीमेश्वर मन्दिरमा कोरोनाको भाइरसको जोखिम रहेको भन्दै स्थानीय प्रशासन र मन्दिर परिषद्ले गतचैत ११ गतेदेखि मन्दिर बन्द गरेका थिए । पछिल्लो समय सरकारले निजी तथा सार्वजनिक सवारी, सरकारी तथा निजी कार्यालय र बजार खुल्ला गर्दै लकडाउनलाई फितलो पार्दै लैजाने निर्णय गरेपछि जिल्लाका धार्मिक स्थलहरु पनि खुल्न थालेका हुन् । शुक्रबार भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समिति र भीमेश्वर नगरपालिका २ बीचको छलफलपछि भक्तजनको लागि मन्दिर खुल्ला गरिएको भीमेश्वर नगरपालिका २ का वडाअध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए ।
दैनिक हजारौं भक्तजनको भिड लाग्ने चर्चित भीमेश्वर मन्दिरमा खुलेकै दिन शनिबार सयौं संख्यामा भक्तजन मन्दिरमा दर्शन गर्न आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मन्दिरमा कोरोना भाइरसको सतर्कता अपनाएर मन्दिर खुल्ला गरिएको हो । मन्दिरको बाहिर गेटमा हात धुने साबुन र स्यानिटाइजर राखिएको छ ।
मन्दिरमा दर्शन गर्न आउने सर्वसाधारणलाई सामाजिक दूरी कायम गरी अनिवार्य मास्कको प्रयोग गर्न लगाउने गरेको अध्यक्ष श्रेष्ठले बताए । मन्दिरको भित्री मूलगेट भने खोलिएको छैन । बाहिरी मुख्य च्यानल गेट मात्रै खुल्ला गरिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया