होटलका मजदुर कर्मचारीले न्यूनतम सुविधा पाउने
काठमाडौं, साउन ५
होटल क्षेत्रमा आबद्ध मजदुर कर्मचारीले बन्दाबन्दी अवधिको न्यूनतम तलब सुविधा पाउने भएका छन् । होटल एसोसिएसन अफ नेपाल (हान) र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीन ट्रेड युनियनबीच सम्झौता भएसँगै लामो समयदेखिको विवाद समाधान भएको हो । कोभिड १९ महामारीबाट सिर्जित अवस्था आगामी डिसेम्बर ३१ सम्म रहने आकलन गरी अप्रिल १३ देखि डिसेम्बर ३१ सम्मको अवधिका लागि सम्झौता भएको हानले जनाएको छ ।
नयाँ सम्झौताअनुसार अब होटलमा कार्यरत मजदुरले होटलको स्तरअनुसार न्यूनतम सेवा सुविधा पाउनेछन् । दुई सय बढी कोठा भएका होटलमा कार्यरत श्रमिक कर्मचारीले मासिक १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै दुई सयभन्दा कम कोठा भएका पाँचतारे होटलका श्रमिक कर्मचारीले नौ हजार पाउनेछन् । त्यस्तै एक सयभन्दा बढी कोठा भएको चारतारे होटलमा कार्यरत मजदुरले आठ हजार चार सय ५५ पाउनेछन् ।
एक सयभन्दा कम कोठा भएका चारतारे होटलका कर्मचारीले महिनामा आठ हजार पाउनेछन् भने तीनतारे होटल वा सोहीसरहका रिसोर्टका मजदुरले पाँच हजार पाउने जनाइएको छ । यस्तै दुईतारे होटलले महिनामा प्रतिमजदुर चार हजार तीन सय तथा एकतारे वा अन्य पर्यटकस्तरीय होटलमा आपसी सम्झौताका आधारमा सुविधा उपलब्ध हुने भनिएको छ ।
होटल व्यवसायी र मजदुर संगठनबीच विभिन्न चरणमा बैठक भई ‘बाँचौँ र बचाऔँ’ को नीति अख्तियार गरी सहकार्य गर्ने सहमति गरिएको हानले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्झौताले दुःखका बेलामा पारिवारिक एकतासमेत प्रदर्शित भएको हानको ठम्याइ छ । साथै हानले शुक्रबार नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिले पनि यस उद्योगका धेरै विषय तथा समस्या सम्बोधन भएको र यस उद्योगमा उक्त नीतिबाट ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया