काठमाडौं, साउन ७
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त मधुराम प्रधानांगलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका ५ घर भई हाल सूर्यविनायक नगरपालिका ५ सल्लाघारी बस्ने ५८ वर्षीय प्रधानांगलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रधानांगमाथि जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र छ लाख ९६ हजार एक सय रुपैयाँ जरिवाना सजाय ठहर गरेको थियो । सोलगत्तै फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रधानांगलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको परिसरले जानकारी दिएको छ । यसैगरी परिसरले नकबजनी चोरी मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका ९ कमलविनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई पनि सोमबार नै पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार जिल्ला अदालत भक्तपुरको २०७६ माघ २७ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा ११ हजार रुपैयाँ जरिवाना भई फरार रहेका प्याठलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्याठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा जरिवाना तिरी छुटेको परिसरले जानकारी दिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया