मौद्रिक नीति सकारात्मक : राष्ट्रिय व्यापार संघ
काठमाडौं, साउन ७
राष्ट्रिय व्यापार संघले नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीति सकारात्मक भएको जनाएको छ । संघका महासचिव वैकुुण्ठ दाहालले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको चालू आर्र्थिक वर्षको मौद्रिक नीति सकारात्मक भएको प्रतिक्रिया दिएका हुुन् ।
मौद्रिक नीतिले संघले राख्दै आएको मागहरुको पनि सम्बोधन भएको विज्ञप्तिमा उल्लेख छ । ‘बैकहरुको ऋण प्रवाह गर्ने क्षमता र तरलता वृद्धिको सम्भावना हुनुका साथै ऋणको समयसीमा विस्तार, पुनर्कर्जामा सहजीकरण, ऋण प्रवाहको प्रक्रियामा सरलीकरण, ब्याज दरमा सहुलियत आदि व्यवस्थाले साना तथा मझौला उद्योगले फाइदा लिन सक्छन्’, संघले भनेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत टीटी तथा डिमान्ड ड्राफटको सीमावृद्वि गरेकाले साना तथा मझौला व्यवसायीहरुलाई सहयोग पुग्ने अपेक्षा संघले गरेको छ । नीति ल्याउनुभन्दा पनि कार्यान्वयन हुनु मुख्य कुरा रहेको भन्दै संघले सरकारले नीति बनाउने तथा कार्यान्वयन नआउने पुरानो रोगको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेको छ ।
बैंकहरुलाई राष्ट्र बैंकले नियमन गर्न जरुरी रहेको भन्दै संघले प्यान तथा भ्याटमा दर्ता व्यापारी तथा व्यवसायीहरुको कारोबारलाई हेरी ब्याज छुट र विना धितो कर्जा लगानीको कुराहरुको माग उठाउँदै आइरहेकोमा उक्त विषयमा सम्बोधन नभएकाले आगामी दिनहरुमा उक्त मागहरु पनि सम्बोधन हुने संघले विश्वास व्यक्त गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया