सुनचाँदीको दैनिक मूल्य निर्धारणलाई थप वैज्ञानिक र पारदर्शी बनाउने सुझाव दिन महासंघको आग्रह
काठमाडौं, साउन ८
नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सुनचाँदीको दैनिक मूल्य निर्धारणलाई थप वैज्ञानिक र पारदर्शी बनाउने सुझाव दिन उपभोक्ता तथा सुनचाँदी व्यवसायी संघसंस्थाहरुसँग आग्रह गरेको छ । सरकारले सुनचाँदीको दैनिक मूल्य निर्धारण गर्नको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप–सचिव देवीप्रसाद थपलियाको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
कार्यदलमा महासंघको पनि प्रतिनिधित्व रहेकोले सुनचाँदीको मूल्य निर्धारण कार्यलाई वैज्ञानिक, पारदर्शी व्यवसाय–मैत्री र आम उपभोक्ताको हक, हितको समेत प्रत्याभूति हुने गरी स्पष्ट प्रणालीको तर्जुमा गर्न अवलम्बन गरिनु पर्ने विषयहरुबारे आ–आफ्ना सुझावहरु दिई सहयोग गर्न महासंघमा आवद्ध सदस्य संस्थाहरु, गहना व्यवसायीहरु तथा उपभोक्तासँग महासंघले आग्रह गरेको हो ।
विगत १० वर्षदेखि कोटा प्रणालीअन्तर्गत नेपाल राष्ट्र बैंकले तोकेका वाणिज्य बैंकहरु मार्फत सुनको पैठारी हुँदै आएको र चाँदीको आयात भने खुला रहेको छ । बैंक मार्फत पैठारी हुने सुनको थोक बिक्री नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल रत्न तथा आभुषण संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघका साथै अन्य दुई महासंघहरु समेत गरी विभिन्न ५ संस्थाबाट सिफारिश गरिएको आधारमा व्यवसायीहरुले सम्बन्धित बैंकबाट खरीद गर्ने परिपाटी रहेको महासंघका महासचिव कृष्णलाल महर्जनले बताए ।
महासंघले बुधबार एक विज्ञेप्ती जारी गर्दै आयातकर्ता बैंकले विक्री गर्ने सुनको मूल्य एकै दिनमा बैंक पिच्छे फरक–फरक हुने गरेकोले त्यसको असर खुद्रा मूल्यमा पर्ने र यसबाट गहना व्यवसायी र आम उपभोक्तामा अन्योल सिर्जना हुन सक्ने विषयलाई ध्यानमा राखी महासंघले बैंकबाट खरिद गरिएको आधारमा दैनिक खुद्रा मूल्य निर्धारण गर्दै आएको जनाएको छ ।
आयातकर्ता बैंकले दैनिक मूल्यमा एकरुपता कायम नगरेको र कतिपय संस्थाले ‘आधिकारिक मूल्य’ भन्दै बैंकको आधार–मूल्य भन्दा पनि कम रकमको दैनिक खुद्रा मूल्य तोकेर बजारलाई अराजक बनाएकोले मूल्य निर्धारण कार्यलाई वैज्ञानिक र पारदर्शी बनाउन महासंघले गृहकार्य थालेको पनि जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया