Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसंयम अपनाउँदै चलचित्रकर्ममा दंगाल

संयम अपनाउँदै चलचित्रकर्ममा दंगाल


काठमाडौं, साउन ९
कोभिड–१९ को संत्रासले विश्वमा सनसनी मच्चाइरहेको यो समयमा नेपाल पनि अछूतो रहन सकेन । चीनको वुहानबाट फैलिएको यो भाइरसको मन्द प्रवेशपछि नेपाली जनजीवन अस्तव्यस्त बनेको छ । जसले सामान्य नागरिकदेखि राष्ट्रसेवक कर्मचारीसमेत लकडाउनमा रहन बाध्य भएका छन् ।

लकडाउनको लामो प्रक्रियापछि राजधानी काठमाण्डौ उपत्यका नियन्त्रण उन्मुख हुँदै गएको अवस्थालाई मध्यनजर गरी सरकारले हालसालै लकडाउनलाई खुकुलो बनाएको छ । कम आय भएका, श्रम गर्नुपर्ने अवस्थाका गरिब तथा विपन्न वर्गका व्यक्तिहरु बाध्यात्मक परिस्थितिमा काममा फर्किन बाध्य छन् । कोभिडको प्रवेश पछि सुस्ताएको चलचित्र क्षेत्र पनि विस्तारै जुर्मुराउने प्रयत्न गरिरहेको छ । संक्रमणका बिचमा सामाजीक उत्तरदायित्व निर्वाह गर्दै आएका यो समयका सफल तथा व्यस्त चलचित्र निर्देशक चेतनाथ दंगाल पुनः चलचित्र कर्ममा फर्किएका छन् । सामाजिक दुरी कायम गर्दै संयम अपनाउँदै चलचित्र निर्देशक दंगालले हालै कथानक चलचित्र ‘निम्तो’को छायाँकन सम्पन्न गरेका छन् ।

हाल पोष्ट प्रोडक्सनको कार्य भईरहेको सो चलचित्रको निर्माण गोल्डेन ड्रिम्स इन्टरटेनमेण्ट प्रालिले गरेको छ भने यस चलचित्रको कथा पटकथा संवाद गणेश सुवेदीले लेखेका छन् । काठमाडौं उपत्यकाभित्रै छायांकन सम्पन्न भएको चलचित्र निम्तोमा अभिनेता दिनेश के.सी. तथा अभिनेत्री तुलशा पहाडीलगायतका कलाकारहरु रहेका छन् । कोडिभ –१९ को संक्रमणबाट संयम रहदै कर्ममा फर्कन सबैलाई आग्रह गर्दै निर्माण गरिएको सो चलचित्र डिजिटल प्लेटफर्ममार्फत रिलिज गरिने कुरा निर्देशक चेतनाथ दंगालले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x