गोदावरी, साउन ९
सुदूरपश्चिम प्रदेशमा एक सयभन्दा बढी खानेपानी योजना २० वर्षदेखि अलपत्र परेका छन् । खानेपानी योजनामा प्रदेशले बजेट हाल्न नमिल्ने र संघीय सरकारले न्यून बजेट विनियोजन गर्दै आएका कारण ती योजना अलपत्र परेका हुन् । सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रालयका अनुसार सुदूरपश्चिममा संघीय सरकारले प्रदेश सरकारलाई पाँच सय ८१ वटा खानेपानी आयोजना हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका योजना प्रदेशका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रेखदेख गर्दै आएको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका डिभिजन प्रमुख मोहन कुँवरका अनुसार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले एक सय ५८, डोटीले एक सय ६१, डडेल्धुराले ९७ र एक सय ६५ वटा संघीय सरकारका सशर्त योजना कार्यान्वयनमा रहेका छन् । बैतडीले ४५, डोटीले ८३, डडेल्धुराले २५ र कैलाली २३ वटा प्रदेशको योजना सञ्चालन गरिरहेको उनको भनाइ छ । यी सबै खानेपानी योजना सम्पन्न गर्न २३ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ लाग्ने भए पनि संघीय सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा जम्मा रु तीन अर्ब ५८ करोड १२ लाख मात्रै विनियोजन गरेको डिभिजन प्रमुख कुँवरले बताए ।
पर्याप्त बजेट विनियोजन नगरिँदा संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका खानेपानी योजनाहरूको काम सुस्त रहेको भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराको भनाइ छ । करोडौंँ रकम पर्ने योजनामा हरेक वर्ष थोरै बजेटले काम गर्दा कुनै पनि प्रगति देखिन नसकेको उनले बताए । क्रमागत योजनामा हरेक वर्ष पाँचदेखि आठ लाखसम्म बजेट विनियोजन गरिँदा योजना सम्पन्न नभई बजेट अभावमा भत्किन थालेका छन् । पुराना योजना तत्काल सम्पन्न गरी नागरिकलाई खानेपानी सुविधा दिन प्रदेशको तर्फबाट समेत बजेट राख्ने गरी ऐन परिमार्जन गर्नुपर्ने देखिएको प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
संघीय सरकारले कार्यान्वयन र रेखदेखका लागि प्रदेश सरकारलाई हस्तान्तरण गरेको खानेपानी योजनामा संघीय सरकारले बजेट हाल्ने र प्रदेश सरकारले कार्यान्वयन गर्ने गरेको छ । न्यून बजेट विनियोजनले अझै पनि निर्माण भइरहेका योजना सम्पन्न गर्न कम्तीमा आठ वर्ष लाग्ने उल्लेख गर्दै डिभिजन प्रमुख कुँवरले आधारभूत खानेपानी सबै नागरिकलाई समयमै पु-याउन बजेट बढाउनुपर्ने बताए । एक तथ्यांकअनुसार अझै पनि सुदूरपश्चिम प्रदेशका १२ प्रतिशत नागरिकलाई आधारभूत खानेपानीको सुविधा पुगेको छैन । २६ लाख जनसंख्या रहेको सुदूरपश्चिमका ९२ प्रतिशत नागरिकको मात्रै आधारभूत सरसफाइ र चर्पीमा पहुँच पुगेको जनाइएको छ ।
बझाङको सदरमुकाम चैनपुरमा नै खानेपानीको समस्या : सदरमुकाम चैनपुरमा खानेपानीको समस्या भएको छ । दिनको एक पटक आउने पानी एक हप्तादेखि नआएपछि समस्या उत्पन्न भएको छ । बिहानबेलुका आउने खानेपानी एक हप्तादेखि नआएपछि आफूहरू बिहान उठ्नेबित्तिकै भाँडाकँुडा बोकेर सेतीनदी जाने गरेको स्थानीयवासी रुमला कठायतले बताइन् ।
खानेपानी नआउँदा खाना पकाउन, नुहाउन र भाँडाकुडा धुन समस्या भएको तथा फोहर पानीसमेत खानुपर्ने बाध्यता रहेको कठायतको भनाइ छ । लकडाउन खुलेसँगै बजारतिर आएका डेरावालालाई पनि थप समस्या हुने गरेको छ । होटल व्यवसायी पुतली लामाले भनिन्, ‘धारामा पानी नआउँदा आधा घण्टा हिँडेर, त्यही पनि पालो कुरेर ल्याउने गरेका छौँ ।’ खानेपानी नआएपछि होटलमा भाडाँकुडा धुन र शौचालयमा प्रयोग गर्नसमेत समस्या भएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया