इजरायलले दियो प्रदेश २ सरकारलाई स्वास्थ्य सुरक्षा सामग्री
बटुकनाथ झा
जनकपुरधाम, साउन १५
इजरायली सरकारले कोभिड १९ वाट लडन प्रदेश २ सरकारलाई सुरक्षा सामग्रीहरु सहयोग गरेको छ । कोभिड १९ विरुद्व लडन इजाराइली सरकारले नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले प्रदेश २ को समाजिक विकास मन्त्रालयमार्फत विभिन्न स्वास्थ्य सुरक्षा समाग्रीहरु प्रदान गरेको हो । इजरायल सरकारबाट प्राप्त सरसमानहरु सामाजिक विकासमन्त्री नवल किशोर साहले स्वास्थ्य विभागका निर्देशक डा. प्रमोद यादवलाई हस्तान्तरण गरेका छन् ।
सरसमानहरुमा ४ सय थान पीपीई, १ हजार थान केएन ९५ मास्क, १० हजार थान पिनवाला सर्जिकल मास्क, ५ हजार थान सर्जिकल ग्लोभ्स र ह्यान्ड सेनिटाइजर १ सय जार हस्तान्तरण गरिएको छ । सो अवसरमा मन्त्री साहसँग नेपालस्थित इजरायली दुतावासका प्रतिनिधीले भिडियो कन्फरेन्समा कोभिड १९ र प्रदेश २ सरकारको रणनीति विषयमा छलफल समेत गरेका थिए । नेपालस्थित इजरायली दूतावास, स्वास्थ्य निर्देशनालयका साथै स्वास्थ्य कार्यदलका संयोजक डा. रामकेवल साह सहितका प्रतिनिधिहरुको उपस्थितीमा मन्त्री साहले डा. यादवलाई सो सामानहरु हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा उपस्थितहरुले इजरायल सरकारले कृषिक्षेत्रमा गरेको प्रगति र डिजास्टरको क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गरेका थिए । मन्त्री साहले सहयोगका लागि इजरायली सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । इजरायली सरकारले भविष्यमा समेत कोभिड १९ को सामना गर्न प्रदेश २ सरकारसँग सहकार्य गर्न तयार रहेको नोटमा लेखेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया