खुम्बु क्षेत्रमा आउने पर्यटकमा ५० प्रतिशतले गिरावट
महेन्द्र शाही
सोलुखुम्बु, साउन १६
गत आर्थिक वर्ष २०७६/०७७ मा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या करिब ५० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा ५७ हजार दुई सय ९८ जनाले सगरमाथा राष्ट्रिय निकुञ्जको भ्रमण गरेकोमा आर्थिक वर्ष २०७६–०७७ मा ३२ हजार छ सय ३७ जनाले मात्र भ्रमण गरेका छन् ।
निकुञ्जको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३१ हजार पाँच सय ३५ जना विदेशी र एक हजार एक सय दुई जना नेपाली पर्यटकले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । जसमा एक हजार एक सय ६७ जना सार्क राष्ट्रका हुन् । भ्रमण वर्ष २०२० को सुरुवाती चरणमै कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेको र सोही कारण सगरमाथा क्षेत्रमा आउने पर्यटकको संख्या दोब्बरले घटेको टानका प्रथम उपाध्यक्ष चोलेन्द्र कार्कीले बताए । यसैबीच, सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७६/७७ मा साढे नौ करोड रूपैयाँँभन्दा बढी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्र भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटक तथा अन्य गतिविधिबाट नौ करोड ५७ लाख ६० हजार नौ सय ९४ रूपैयाँँ राजस्व संकलन भएको हो । वन रोयल्टीबाट नौ करोड ४२ लाख ४३ हजार नौ सय ६१, अन्य प्रशासनिक सेवा शुल्कबाट चार लाख आठ हजार, वन क्षेत्रको रोयल्टीबाट १० लाख ९२ हजार आठ सय दुई रूपैयाँँ राजस्व सकंलन भएको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । कार्यालयका प्रमुख भूमिराज उपाध्यायका अनुसार १६ हजार दुई सय ३० रूपैयाँ बेरुजु असुली गरिएको छ ।
निकुञ्जले खुम्बु पासाङल्हामु गाउँपालिकाको जोरसल्ले र काठमाडौंको भृकुटीमण्डपमा काउन्टर स्थापना गरेर राजस्व संकलन गरिरहेको छ । कार्यालयका अनुसार नाम्चेस्थित कार्यालयबाट आठ करोड ५६ लाख ११ हजार नौ सय ९४ र काठमाडौँको भृकुटीमण्डपस्थित काउन्टरबाट एक करोड १४ लाख नौ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।
निकुञ्जले विदेशी पर्यटकबाट प्रतिपर्यटक तीन हजार रूपैयाँ प्रवेश शुल्क लिनेगरेको छ भने सार्क मुलुकका नागरिकबाट एक हजार पाँच सय रूपैयाँ शुल्क लिँदै आएको छ । त्यस्तै, एकपटक हेलिकोप्टर अवतरण गरेबापत अवतरण शुल्क तीन हजार लिने गरिएको संरक्षण अधिकृत उपाध्यायको भनाइ छ । विसं २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमि क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बुमा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुराहरू रहेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया