बेलिब्रिज निर्माण भएसँगै कोशीपारि क्षेत्रमा खाद्यान्नको मूल्य सस्तियो
महेन्द्र शाही
सोलुखुम्बु, साउन १९
सोलुखुम्बुको दिब्लीघाटमा बेलिब्रिज निमार्ण भएसँगै कोशीपारिका क्षेत्रमा खाद्यान्यको मुल्य घटेको छ । जिल्लाको कर्णालीका रूपमा चिनिने महाकुलङ र सोताङ गाउँपालिका जानका बेलिब्रिज निर्माण भएपछि सहज भएको छ । अहिले जिल्ला सदरमुकाम सल्लेरीबाट सिधै महाकुलुङ र सोताङ सामान ढुवानी गर्न सहज भएको छ । पहिले दिप्लीघाट सम्म सामान लगेर त्यहाँबाट झुलुङ्गे पुलमार्फत मानिसले बोकेर पारि पु-याएपछि गाडिले सामान ढुवानी गर्दै आएको थियो ।
हिउँदमा खोलाबाटै गाडि पार हुने भए पनि बर्खाको समयमा पोल्टी गर्नुपर्ने बाध्यता रहेको थियो । पुल बनेसँगै अहिले त्यो बाध्यता समेत अन्त्य भएको व्यापारीहरूको भनाइ छ । थुलुङ दूधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको सिमानामा रहेको दिब्लीघाटमा बेलिब्रिज निमार्ण भएसँगै महाकलुङ र सोताङमा दैनिक उपभोग्य वस्तुको मूल्यमा सस्तो भएको स्थानिय लक्ष्मन राईले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया