सिसाखोलामा पुल नहुँदा सदरमुकाम ओहोरदोहोर गर्दा हिँड्नुपर्ने बाध्यता
महेन्द्र शाही
सोलुखुम्बु, साउन २०
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ९ र १० का स्थानीय सदरमुकाम आउँदा हिँड्नुपर्ने बाध्याता रहेको छ । नगरपालिकाका यी २ वडाका स्थानीयहरू वडा नम्बर ८ र ९ को सिसाखोलामा पुल नबन्दा हिँड्नुपर्ने बाध्यता भएको हो । यी वडामा सडक निर्माण भए पनि सिसाखोलामा पुल निर्माण हुन नसक्दा यो अवस्थाको अन्त्य हुन नसकेको स्थानीय पेम्बा शेर्पाले जानकारी दिए । सिसाखोलामा पुल नहुँदा सदरमुका सल्लेरी आउनका लागि कुनिखोप हुँदै हिँड्दै आउनुपर्ने अवस्था रहेको वडा नम्बर ९ गोराखानीका स्थानीय पेम्बा रिन्जी शेर्पाले बताए । यस्तो समस्या हरेक वर्ष वर्खाको समयमा यस्तो समस्या हुँदै आएको स्थानीयको भनाइ छ । यो क्षेत्रका स्थानीयलाई सदरमुकाम आउँदा ३ घण्टा लाग्ने गरेको छ ।
सामान्य कामका लागि भन्दा पनि सामान ढुवानीमा बढी समस्या हुने स्थानीयको भनाइ छ । यी दुई वडामा निर्वाचनको समयको अनुसार तीन हजार तीन सय ७३ जना जनसंख्या रहेको छ । आफ्नै सवारीसाधन हुँदा समेत हिँड्नुपर्ने बाध्यता छ । खोलापारिसम्म गाडी आउने र त्यहाँभन्दा माथि मानिसले सामानहरुसमेत बोकेर लानुपर्ने अवस्था रहेको वडा नम्बर १० सोल्नासाका स्थानीय दाबा तामाङले बताए । पुल नहुँदा बर्सेनि यस्तो समस्या भोग्नुपरेको उनको भनाइ छ ।
सिसाखोलामा अहिले बेलिब्रिज निर्माणको काम पनि भइरहेको र अर्को वर्षदेखि समस्या नहुने वडा नम्बर ९ का वडा अध्यक्ष काजी शेर्पाले दाबी गरे । निर्माणको जिम्मा लिएको कम्पनीले असोजसम्म बेलिब्रिज निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको र पुल निर्माणपछि स्थानीयलाई सहज हुने उनको भनाइ छ । आफू पनि हिँड्दै जाने गरेको उनले सुनाए ।
बेलिब्रिज निर्माणका लागि नगरपालिकाको तीन करोड २३ लाख ३० हजार नौ सय ५५ रुपैयाँ ५८ पैसामा ठेक्का सम्झौता भई काम भइहरेको छ । माघमा सम्झौता भएको र अहिले पानीको बहाब बढेकाले काम रोकिएको निर्माणको जिम्मा लिएको दावा निर्माण सेवा कम्पनीका प्रमुख पामा लामाले बताए । यो पुल निर्माणका लागि मंसिरसम्मको समय रहेको र त्यसभन्दा अगाडि नै सक्ने लामाको भनाइ छ । लकडाउनका कारण पनि पुल निर्माणको काममा ढिलाइ भएको उनको भनाइ छ । अहिले एक तर्फको पिल्लर निर्माणको काम सकिएको र अर्कोतर्फको काम पानीको बहाब घट्नेबित्तिकै सुरु हुने उनको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया