पोसकान्त पोखरेल
बुटवल, साउन २२
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपालबाट भारततर्फ भन्सार छली चोरी निकासी गरी अवैध रुपमा लैजाँदै गरेको मटर (केराउ) बरामद गरेको छ । कार्यालयबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका– ७ अमवामा लु.३त ६००९ को ट्र्याक्टरमा लोड गरी ल्याएको अवस्थामा बरामद गरेको हो ।
उक्त ट्र्याक्टर चालक रोहिणी गाउँपालिका–२ बस्ने सन्दिप यादवले मटर आफ्नो नभई सोही गाउँपालिका–७ बस्ने बलिराम यादव र वडा नं. २ बस्ने झिन्न यादवको मिलोमतोमा ल्याएको प्रहरीले जनाएको छ । बरामद सामान, गाडी र पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।
भन्सार कार्यालयले बरामद ५२ बोरा मटर (केराउ) को ८१ हजार रुपैयाँ र ट्र्याक्टरको आठ लाख ८१ हजार रुपैयाँ मूल्याङ्कन भएको कार्यालयले जनाएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले पछिल्लो सयममा अवैध मटर (केराउ)लगायत अन्य सामग्रीहरु बरामदमा उल्लेख्य सफलता हासिल गरेको छ ।
केही दिनअघि लाखौँको अवैध सामान बरामद गरेको कार्यालयले पछिल्लो एक दिनमा तीन लाख २२ हजार रुपैयाँ मूल्यबराबरको अवैध मटर(केराउ) औषधि र खसी बरामद गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजु लामाका अनुसार जिल्लाको विभिन्न स्थानबाट उक्त अवैध सामान बरामद गरिएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया