देवदह मेडिकल कलेजलाई नमुना कलेजका रूपमा विकास गरिने
बुटवल, साउन २७
देवदह नगरपालिकाको भलुही रुपन्देहीमा अवस्थित देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट प्रालिलाई प्रदेश नं. ५ को नमुना मेडिकल कलेजको रूपमा विकास गरिने भएको छ । पाल्पा मेडिकल कलेज प्रभास पाल्पाको व्यवस्थापन पक्षले स्वामित्व लिने योजना अगाडि बढेसँगै नयाँ व्यवस्थापन समितिले नमुना कलेजको रूपमा विकास गर्ने योजना बनाएको हो । यसअघि निलकण्ठ काफ्ले र डाक्टर रजनीसिंह जिन्दालको टिमले सञ्चालन गरेको उक्त मेडिकल कलेजलाई पाल्पा मेडिकल कलेजका सफल कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलको टिमले सञ्चालन गर्ने भएपछि देवदह नगरपालिकाका स्थानीयहरूमा खुशी छाएको छ ।
नगरपालिकाभित्र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाको आवश्यकता भैरहेको समयमा स्वास्थ्य क्षेत्रमा सफलता प्राप्त गरेको नेतृत्वको हातमा मेडिकल कलेज जानु प्रशंसनीय भएको स्थानीयहरूको भनाइ छ । संस्थाका कम्पनीसचिव एवं प्रमुख प्रशासक कृष्णप्रसाद पराजुलीका अनुसार नयाँ नेतृत्व गत वर्षको माघ १ गतेदेखि कलेजमा प्रवेश गरे पनि विभिन्न कानुनी प्रक्रियाहरू मिलाउँदा असोज मसान्तसम्म पूर्णरूपमा स्वामित्व हस्तान्तरण हुने आँकलन गरिएको छ ।
नयाँ नेतृत्वले चुस्तदुरुस्त सेवा प्रवाह गर्दै वर्तमान अवस्थालाई थप व्यावस्थापन र व्यवस्थित गरेर नयाँ ढंगबाट प्रदेश नंं ५ कै नमुना कलेज बनाउने लक्ष्य राखेको छ । पुरानो नेतृत्वले पनि स्वास्थ्य सेवा प्रवाह राम्रै र व्यवस्थित रूपमै गरे पनि जुनरूपमा हुनुपर्ने हो त्यो रूपमा हुन नसकेको स्थानीयको भनाइ छ ।
नयाँ नेतृत्वले जनचाहना र आवश्यकताको आधारमा सेवा सुविधाहरू विस्तार गर्दै अन्यत्र जानुपर्ने बाध्यतात्मक अवस्थाको अन्त्य गर्नेगरी योजनाबद्धरूपले अगाडि बढेको बताएको छ । टिचिङ र क्लिनिकमा गरी ८० जना डाक्टरहरू कार्यरत छन् । ४० बेडबाट स्थापना भएको मेडिकल कलेजले हाल एक सय बेडको स्वीकृति प्राप्त गरे पनि चार सय बेड क्षमता रहेको छ । एमबीबीयसतर्फ वार्षिक ५०, नर्सिङ र एचएतर्फ वार्षिक ४०/४० विद्यार्थीहरूलाई मेडिकल शिक्षा प्रदान गर्दै आएको कलेजले सन् २०१४ बाट एमबीबीयसका कक्षाहरू सञ्चालनमा ल्याएको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया