वेदकोटले आइसोलेसन केन्द्र सञ्चालनको खर्च लुकायो
धन बहादुर जप्रेल
कञ्चनपुर, साउन २९
कञ्चनपुरको वेदकोट नगरपालिकाले नगर आइसोलेसन केन्द्र सञ्चालनमा लागेको खर्च लुकाएको छ । नगरपालिकाको कोरोनासम्बन्धी सार्वजनिक खर्च विवरणमा वेदकोट नगर आइसोलेसन केन्द्रको खर्च समावेश नगरी लुकाइएको पाइएको हो । वेदकोटले आइसोलेसन केन्द्र बनाउँदा स्थानीय तहलाई क्वारेन्टाइन सञ्चालनको मात्रै अधिकार दिइएको थियो । नगरपालिकाका कर्मचारीका अनुसार आइसोलेसन केन्द्रको भवन मर्मत, रंगरोगन, बेड निर्माण, लत्ताकपडासहित १० लाख बढी खर्च गरिएको थियो । स्थानीय तहले आइसोलेसन केन्द्र सञ्चालन अधिकार पाउनुअघि नै हचुवाका भरमा ६ शैयाको नगर आइसोलेसन केन्द्र बनाइएको थियो ।
नगरपालिकाले अधिकार क्षेत्रबाहिर गएर आइसोलेसन केन्द्र बनाएको आलोचना भएपछि त्यसलाई छाडिएको थियो । वेदकोटका मेयर अशोककुमार चन्दले आइसोलेसन केन्द्र निर्माण गरी उद्घाटन गरिएको भन्दै फेसबुकमा सामूहिक तस्बिर सार्वजनिक गरेका थिए । त्यसको उद्घाटन कार्यक्रममा उपमेयर सुशिला सिंहलाई भने बोलाइएको थिएन । मेयरसहित वडा अध्यक्ष र सदस्यहरूसहितको यो तस्बिर सार्वजनिक भएको केही दिनपछि एकाएक आइसोलेसन केन्द्र बन्द गरी क्वारेन्टाइन व्यवस्थापन गरिएको कार्यालयका एक कर्मचारीले बताए । क्वारेन्टाइन व्यवस्थापन गरिएपछि एकाएक बन्द गरिएको आइसोलेसन केन्द्रका लागि खरिद गरिएका बेडसहितका सामग्रीको अत्तोपत्तो नभएको कार्यालय स्रोतको दाबी छ ।
वेदकोटले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालनमा ६३ लाख ७५ हजार खर्च गरेको छ । कोरोना रोकथाम र नियन्त्रणमा झण्डै डेढ करोड खर्च गरिएको छ । वेदकोट नगरपालिकाका सूचना अधिकारी शंकरदत्त भट्टले आइसोलेसन केन्द्र स्थापना गरिए पनि सञ्चालन नभएको बताए । ‘आइसोलेसन केन्द्र बनाइएको हो, सञ्चालन हुन सकेन’ उनले भने, ‘त्यसको खर्च पनि क्वारेन्टाइनमा जोडिएको हुन सक्छ ।’
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया