स्याङ्जामा बाँदर धपाउने यन्त्रको प्रयोग बढ्दो
स्याङ्जा, साउन २९
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ३ विचारीडाँडाको कृषक समूहले निर्माण गरेको बाँदर धपाउने यन्त्रको प्रयोग बढ्दो छ । समूहले निर्माण गरेको यन्त्र बाँदर धपाउन उपयोगी रहेको स्थानीय कृषकको भनाइ छ । कोभिड–१९ को कारणले घरमै बसेको बेला यन्त्र निर्माण गर्ने सोच पलाएको समूह प्रमुख इन्जिनियर नवराज दोरङ्गा बताउँछन् । उनी भन्छन्, ‘बाँदरले गाउँघरमा दुःख दिएको, बालीनाली नष्ट गरेको देखेर समूहले यन्त्र निर्माण गर्न थालनी गरेको हो ।’ समूहमा इन्जिनियर दोरङ्गासहित पाँच जना कृषक संलग्न छन् ।
स्याङ्जाका विभिन्न गाउँपालिका र नगरपालिकामा यन्त्रको बिक्रीवितरण भइरहेको छ । यन्त्रको मूल्य गण्डकी प्रदेशभित्र प्रतिगोटा दुई हजार रुपैयाँ कायम गरिएको छ । यन्त्रले बाँदर र अन्य वन्यजन्तुलाई कुनै हानि/नोक्सानी नगर्ने इन्जिनियर दोरङ्गाले बताए । यन्त्रको माग बढ्न थालेकाले ठूलो परिमाणमा निर्माण गर्न सुरु गरिएको छ । नास्टसँगको परामर्शमा यन्त्रलाई अझै परिमार्जन गरिने उनले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया