आर्थिक अनियमितता भएको सूचना माग्दा उपलब्ध नगराएको आरोप
जिएम यादव
बाँके, भदौ २
बाँके नरैनापुर गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थापनको नाममा व्यक्तिविशेषलाई २१ लाख ३५ हजार रूपैयाँ भत्ता दिएर गरेको अनियमततापछि उत्पन्न विवादमा माग गरिएको सूचना गाउँपालिकाले लुकाउँदै आएको स्थानीयले आरोप लगाएका छन् । भत्ताको चौतर्फी विरोध भइरहँदा स्थानीय बासिन्दा समेत रहेका पत्रकार विनय दीक्षितले गाउँपालिकाबाट भत्ता र सोसँग सम्बन्धित विषयमा सूचना माग गरेका छन् । सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र नेपालको संविधान २०७२ को धारा २७ बमोजिम प्रमाणित सूचनाका लागि उनले उजुरी दर्ता गरेका थिए ।
सोहीबमोजिमको म्याद १५ दिनभित्र सूचना उपलब्ध गराउनु पर्नेमा १७ दिन हुँदा समेत कुनै सूचना नदिइएको जानकारी दिँदै दीक्षितले भने, ‘मुद्दासम्मै पनि जान सकिन्छ, हाल सूचना अधिकारीलाई कारबाही माग गर्दै कार्यालय प्रमुख समक्ष पुनः ७ दिने उजुरी दर्ता गरिएको हो ।’ राष्ट्रिय सूचना आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र हेलो सरकार, प्रधानमन्त्रीको कार्यालय समेतलाई बोधार्थ गरि पेश गरिएको उजुरी निवेदनमा क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्न बसेको बैठकको निर्णय र समिति पदाधिकारीहरूको नाम तथा ठेगाना र कुन सदस्य वा पदाधिकारीको जिम्मेवारी कुन क्वारेन्टाइनमा थियो भनि सूचना माग गरिएको थियो ।
क्वारेन्टाइन व्यवस्थापनमा भएको खर्च विवरण (हरेक क्वारेन्टाइनअनुसार र शीर्षकअनुसार खपत भएको सामग्री र सुविधा) को दररेट र बिल भरपाई, क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको नाम र ठेगाना तथा क्वारेन्टाइन विवरण, गाउँपालिका कार्यालयमा रहेका कर्मचारी, करार कर्मचारी वा अन्यको नाम र पद समेतको विवरण तथा करार कर्मचारी वा अन्य कर्मचारीको तलब सुविधासमेतको विवरण माग गरिएकोमा सो उपलब्ध हुन नसकेको दीक्षितले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया