दोलखामा चालू आर्थिक वर्षमा १० वटा पुल निर्माण सम्पन्न हुने
सुबास बस्नेत
दोलखा, भदौ २
दोलखामा चालू आर्थिक वर्ष २०७७/०७८ मा १० ओटा पुल निर्माण सम्पन्न हुने भएका छन् । जिल्लाको जिरी नगरपालिकामा मात्र चालू आवभित्र चारवटा पुल निर्माण सम्पन्न हुनेछन् । जिरीमा गत आवमा काम सुरु भएर आंशिक काम बाँकी रहेका चारवटा पुलको निर्माण कार्य चालू आवमा सकिने सडक डिभिजन कार्यालय चरीकोटले जानकारी दिएको हो ।
गत आवमा नै निर्माणकार्य सम्पन्न गर्नेगरी काम गरिए पनि कोभिड १९ का कारण गरिएको लकडाउनले निर्माणकार्य सम्पन्न हुन नसकेको बताइएको छ । झाक्रे खोला–जिरी–सिक्री–हावा–सहरे सडक खण्डमा पर्ने झाक्रे खोला पुलको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय चरीकोटले जनाएको छ । त्यस्तै जिरीको फुल्पिङ सिक्री खोला पुलको काम पनि आंशिक मात्रै बाँकी रहेको छ । जिरी नगरपालिकाभित्रै रहेको अर्को जिरी खोला पुलको काम पनि चालू आर्थिक वर्षमा पूरा हुने भएको छ । गत आवमा काम सुरु गरेको यस पुलको ढलान गर्न बाकी रहेको छ ।
पुलको फाउन्डेसन र वाल लगाउने काम सकिएकाले यस वर्ष बाँकी रहेको सबै काम पूरा हुने डिभिजन कार्यालय चरीकोटले जनाएको छ । त्यस्तै जिरीकै सिक्री खोला पुलको बाँकी रहेको काम पनि यस वर्ष सकिने भएको छ । यो भीरकोट–जिरी सडकखण्डअन्तर्गत पर्ने पुल हो । यता जिल्लाको शैलुङ–पवटी जोड्ने ढारेखोला पुलको काम पनि चालू वर्षमा फाइनल हुने भएको छ । ढारेखोला फुलको ९९ प्रतिशत काम गत आवमा नै सकिए पनि सडक डिभिजन कार्यालयले अनुगमनमा जाँदा केही प्राविधिक त्रुटि पाएकोले पुनः आंशिक काम गर्न निर्देशन दिएको र उक्त काम यस वर्ष पूरा हुने भएको सडक डिभिजनले जनाएको छ ।
त्यसैगरी लामो समयदेखि निर्माण हुन नसकेको घट्टेखोला–मार्बु–चंखु सडकखण्डको पुल निर्माणको कामलाई यस वर्ष सक्न ताकेता दिएको सडक डिभिजन कार्यालय दोलखा प्रमुख विजकुमार महतोले जानकारी दिए । घट्टेखोला पुलको डिजाइन गरे पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । त्यसैगरी जिल्लाको उत्तरी क्षेत्रमा रहेको भोर्ले खोला–तामाकोसी सुरी पुलको पनि डिजाइन र फाउन्डेसनको काम सकिसकेको सडक डिभिजनको भनाइ छ । उक्त पुलको ढलान हुन बाँकी रहेकोले यसवर्ष बाँकी काम पूरा गर्न ताकेता दिएको महतोले जानकारी दिए ।
सडक डिभिजन कार्यालय चरीकोटका अनुसार जिल्लाको वैतेश्वर गाउँपालिकाको भस्मे खोला मजुवा पुलको बाँकी रहेको काम पनि यस वर्ष सकिने भएको छ । गत आवमा काम सुरु गरेको वैतेश्वर गाउँपालिकाको वडा नम्बर ३ र ४ वडा जोड्ने यस पुलको फाउन्डेसन र वालको काम सकिएको हुँदा चालू आवमा सबै काम पूरा हुने भएको हो । यता भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिका जोड्ने चर्णावती खोलाको पुल पनि यही वर्षभित्र निर्माण सम्पन्न हुनेभएको छ । त्यसैगरी गत आवमा ९९ प्रतिशत काम सकिएको चरङ्गे खोला पुलको काम पनि यस वर्ष फाइनल हुने भएको छ ।
गतवर्ष निर्माण कार्य सुरु भएका अधिकांश सडकमा सवारी चल्न सुरु गरे पनि आंशिक काम बाँकी रहेको हुँदा यस वर्षमा १० वटै पुल निर्माणको काम सम्पन्न गर्ने सडक डिभिजन कार्यालय दोलखाको उद्देश्य रहेको छ । निर्माण हुने सबै सडकको लम्बाइ २० देखि २५ मिटर रहेको सडक डिभिजन कार्यालय चरीकोट प्रमुख विजयकुमार महतोले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया