गल्याङका दलित समुदायलाई आरन व्यवस्थापनका लागि मेसिन हस्तान्तरण
काठमाडौं, भदौ ३
स्याङ्जाको गल्याङ नगरपालिकाभित्रका आरन सञ्चालक दलित समुदायहरुलाई आधुनिक आरन व्यवस्थापनका लागि हाते मेसिन (हेण्ड ब्लोर) वितरण गरिएको छ । गल्याङ नगरप्रमुख भूपराज अधिकारीले मंगलबार नगरपालिकाकाभित्रका विभिन्न दलित समुदायहरुलाई आरन व्यवस्थापनका लागि हाते मेसिन वितरण गरेका हुन् । हाते मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख अधिकारीले सबै काममा अब आधुनिकता आउनुपर्ने बताए ।
परम्परागत तरिकाले आरन व्यवसाय सञ्चालन गर्दा कष्ट व्यहोर्नुपरेको भन्दै उनले आधुनिकीकरणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । सबै वर्ग, क्षेत्र, लिङ्ग र जातिका समुदायलाई माथि उकास्नु अहिलेको आवश्यकता रहेको भन्दै नगरप्रमुख अधिकारीले आफ्नो अधिकारप्राप्तिका लागि अझै जागरुक हुन सुझाव दिए । मेसिन वितरण कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ७ का अध्यक्ष रामवीर गुरुङको पनि सहभागिता थियो । गल्याङ नगरपालिकाभित्रका १७ जना आरन सञ्चालकहरुलाई यो मेसिन हस्तान्तरण गरिएको स्टोर शाखा प्रमुख सन्तोष कोइरालाले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया