दैनिक पाँच सय नेपालीलाई विदेशबाट ल्याइने
काठमाडौं, भदौ ७
सरकारले भदौ १६ गतेदेखि नियमित र उद्धार उडानबाट दैनिक पाँच सय जना मात्र विदेशमा रहेका नेपाली स्वदेश ल्याउने भएको छ । उक्त संख्यामा नेपाली ल्याउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले उडानतालिका सार्वजनिक गर्ने भएको छ ।
पर्यटन मन्त्रालयले आरटी पीसीआर परीक्षण सहज भएका मुलुक तथा सहर मलेसिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति पाएका नेपाली नागरिक, नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, संयुक्त राष्ट्रसङ्घ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र ल्याउने गरी नियमित उडान सञ्चालन गर्नेछ ।
यस्तै, परीक्षण सहज नभएका मुलुकबाट नियमित यात्रु ल्याउन पाइनेछैन । तर श्रमिक रहेका मुलुकमा रहेको कूटनीतिक नियोगबाट सिफारिस भएकाहरूलाई चार्टर्ड उडानबाट ल्याइनेछ । सरकारको उक्त निर्णयको नेपाली कांग्रेसले शनिबार विरोध गरेको छ । सरकारको उक्त निर्णयलाई कांग्रेसले कोरोनामा पनि सरकारको व्यापार भनेर विरोध गरेको छ । नियमित र चार्टर्ड उडानबाट यात्रु ल्याउँदा यात्रुले ७२ घण्टाभित्रको आरटी पीसीआर नेगेटिभ भएको प्रमाणपत्र र काठमाडौँ आएर सात दिन अनिवार्य बस्ने होटेल बुकिङको प्रमाणसमेत पेश गर्नुपर्नेछ । तोकिएको मापदण्ड पालना नगरी उडान गरेमा एयरलान्सलाई कारबाही हुनेछ । संक्रमण भएका र नभएकालाई एकै विमानमा ल्याउन पाइँदैन ।
पीसीआर टेष्ट सहज नभएका मुलुकहरूमा चार्टर्ड फ्लाइट मात्र सञ्चालन हुने जनाइएको छ । पीसीआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिनेछ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारी सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म देशभर बन्दाबन्दी लागू गरेको थियो । तत्कालीन परिस्थितिमा सङ्क्रमणदर कम भएको आँकलन गरी विज्ञहरूको सुझावमा सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने घोषणा गरेको थियो । तथापि, राजधानी काठमाडौँसहित देशभर कोभिड–१९ का सङ्क्रमित बढेपछि सरकारले पुनः भदौ १५ गतेसम्म व्यावसायिक उडान नखोल्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया