कञ्चनपुरमा ७ दशमलव ४८ प्रतिशत मात्रै राजस्व संकलन
धन बहादुर जप्रेल
कञ्चनपुर, भदौ ८
कञ्चनपुरमा गत आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्यभन्दा कम राजस्व संकलन भएको आन्तरिक राजस्व कर कार्यालय कञ्चनपुरले बताएको छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको तथ्यांकअनुसार लक्ष्यभन्दा ३२ दशमलव ५२ प्रतिशत कम राजस्व संकलन गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षमा जम्मा ३ अर्ब ६६ करोड ५४ लाख ७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये २ अर्ब ६९ करोड ४५ लाख ७ हजार मात्रै संकलन गरेको छ । झण्डै ९९ करोड ७ लाख कम राजस्व संकलन भएको छ । तीन महिना पूर्ण लकडाउन भएका कारण कार्यालयले लक्ष्यअनुसार आन्तरिक राजस्व संकलन गर्न नसकेको हो ।
अघिल्लो वर्ष २०७५/०७६ मा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको थियो । आव २०७५/०७६ मा लक्ष्यभन्दा ४२ करोड १० लाख ३३ हजार बढी राजस्व संकलन गरिएको थियो । १ अर्ब ६१ करोड ७४ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २ अर्ब ३ करोड ८५ लाख ७ हजार राजस्व संकलन गर्न सफल भएको थियो । झण्डै २६ प्रतिशत बढी राजस्व संकलन भएको थियो ।
आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका नासु भीम विष्टले लकडाउनका बेला मदिराको कारोबार नहुँदा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको बताए । ‘लकडाउनले मदिरा उत्पादन तथा कारोबार भएन’, उनले भने, ‘त्यसपछि उठ्नुपर्ने राजस्व उठ्न सकेन् ।’ आन्तरिक राजस्व कार्यालयले आयकर, घरबहाल, कर, स्वास्थ्य शिक्षा, अन्तशुल्क बाह्य शुक्ललगायतका कर संकलन गर्दै आएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया