बटुकनाथ झा
जनकपुरधाम, भदौ ८
धनुषामा थप एक साताको लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरमा कोरोना जोखिम बढेपछि गएको साउन १९ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो । यो चौथो पटक थप गरिएको निषेधाज्ञा हो । जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आइतबार राति १२ बजेदेखि लागू हुनेगरी चौथो पटक निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।
आइतबार राति १२ बजे पछिल्लो निषेधाज्ञाको अवधि समाप्त हुन लागेपछि फेरि थप एक साताको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बिहान १० बजेसम्म अत्यावश्यक खाद्यान्न, दुध, तरकारी, फलफूललगायतका पसलहरू बिक्रेताले अनिवार्यरूपमा सामाजिक दूरीसहित मास्क, पञ्जा र सेनिटाइजर प्रयोग गरी सञ्चालन गर्न पाइने छ । साथै ग्राहकले अनिवार्यरूपमा मास्क लगाएर पसलमा जानुपर्ने र उपभोक्ता वा ग्राहकलाई मास्क नभएको खण्डमा व्यवसायीले उपलब्ध गराउनुपर्नेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया