पहिरो पीडितलाई स्कुल अफ डेमोक्रेसीको खाद्यान्न सहयोग
सुबास बस्नेत
दोलखा, भदौ १२
भीमेश्वर नगरपालिकाभित्रका पहिरोपीडितलाई स्कुल अफ डेमोक्रेसी जिल्ला शाखा दोलखाले खाद्यान्न सामग्री वितरण गरेको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर सातका पहिरोपीडित ३२ घरपरिवारलाई बिहीबार संस्थाले खाद्य सामग्री वितरण गरेको हो । स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्ष प्रभुराम श्रेष्ठको आर्थिक सहयोग तथा उपाध्यक्ष भीम खड्काको संयोजकत्वमा पहिरो प्रभावित ३२ घरपरिवारलाई ३२ बोरा चामल, ६४ प्याकेट नुन, ६४ किलो दाल वितरण गरिएको हो ।
गत साता गएको पहिरोले भीमेश्वर नगरपालिका वडा सातमा ४ घरपरिवार पहिरोले विस्थापित बनेका छन् । त्यस्तै २८ घरपरिवार भने पहिरोले सामान्य प्रभावित बनेका छन् । राहत वितरण गर्दै नागरिक समाज दोलखाका अध्यक्ष दीपशंंकर चौलागाईंले आगामी दिनमा पनि यस क्षेत्रका पहिरो पीडितलाई राहत दिलाउन पहल गर्ने बताए । त्यसै संस्थाका उपाध्यक्ष भीम खड्काले जिल्लाका अन्य क्षेत्रका पहिरो पीडितलाई पनि राहत वितरण गर्ने बताए । स्कुल अफ डेमोक्रेसी दोलखाले उक्त क्षेत्रमा ८० हजार रुपैयाँबराबरको राहत वितरण गरेको हो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
- टीओडी विवरण अविलम्ब रिस्टोर गर
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया