Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रहरी हिरासतमा मृत्यु भएका महराको परिवारलाई प्रदेश सरकारको पाँच लाख

प्रहरी हिरासतमा मृत्यु भएका महराको परिवारलाई प्रदेश सरकारको पाँच लाख


जनकपुरधाम, भदौ १५
रौतहटको इलाका प्रहरी कार्यालय गरुडाका हिरासतमा मृत्यु भएका विजयराम महराको परिवारलाई प्रदेश नं. २ को सरकारले पाँच लाख रूपैयाँ राहत स्वरूप प्रदान गर्ने भएको छ । प्रहरी हिरासतमा रहेका विजयरामको उपचारको क्रममा गत बिहीबार नेसनल मेडिकल कलेज वीरगञ्जमा मृत्यु भएको थियो । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको दोषीलाई कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

गरुडा नगरपालिका– ८ जिगडियाका १९ वर्षीय विजय महरा गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा बिरामी भएपछि उपचारका क्रममा वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा लगिएको थियो । गाउँकै युवक हत्या आरोपमा साउन ३२ गते पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय गरुडाको थुनाभित्र अनुसन्धानका लागि राखिएको थियो ।

प्रहरीले विजय मिर्गौला रोगी भएको र बिरामी पर्दा उपचारका लागि वीरगञ्ज लैजाँदा मृत्यु भएको बताए पनि विजयले मृत्युअघि प्रहरीले फलामको पाइप र बाँसको भाटाले निर्घात कुटपिट गरेको बताएको भिडियो सार्वजनिक भएका थियो । यो घटनापछि गरुडाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम तानेर प्रदेश प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x