Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनारायणी अस्पताललाई सिस्टर रोबोट हस्तान्तरण

नारायणी अस्पताललाई सिस्टर रोबोट हस्तान्तरण


काठमाडौं, भदौ १५
सानो पाइला नामक संस्थाले कोरोना भाइरस संक्रमण पुष्टि भई नारायणी अस्पतालमा उपचाररत रहेका संक्रमितहरुलाई खाना, औषधिलगायतका अत्यावश्यक सामग्री शय्यामा पु-याउन सहज होस् भन्दै अस्पताललाई सिस्टर रोबोट हस्तान्तरण गरेको छ । राष्ट्रिय आविष्कार केन्द्रको समन्वयमा निर्माण गरिएको सिस्टर रोबोट आइतबार नारायणी अस्पतालका मे.सु. डा. सञ्जय ठाकुरलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । कोभिड अस्पतालमा अब संक्रमितहरुका लागि सिस्टर रोबोटले काम गर्ने भएकी छन् । संक्रमितहरुलाई खाना, पानी, औषधिलगायतका सामग्री पु-याउन अब स्वास्थ्यकर्मी स्वयम् शय्यासम्म जानुपर्नेछैन ।

संक्रमितलाई दिनुपर्ने सामग्री रोबोटमा राखेर स्वास्थ्यकर्मीविना नै संक्रमितसमक्ष पु-याउन सकिनेछ । रोबोट सञ्चालनसम्बन्धी प्रशिक्षण प्राप्त गरेका कुनै एक स्वास्थ्यकर्मीले एउटा कुनामा उभिएर वार्डमा रहेका बिरामीहरुको शय्यासम्म चाहिएका सामग्री पु-याउन सक्नेछन् । सानो पाइलाका रणनीति तथा विकास प्रमुख एवम् भौतिक शास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले रोबोट सञ्चालनसम्बन्धी अस्पताललाई प्रशिक्षण दिए । ‘संक्रमितहरुसँग स्वास्थ्यकर्मीहरुको सिधा सम्पर्क न्यून गर्न रोबोटले सहयोग पु-याउनेछ’, वैज्ञानिक उपाध्यायले भने, ‘रोबोटका माध्यमले संक्रमितहरुको उपचारमा थप टेवा पुग्नेछ ।’


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x