फिटवेल गार्मेन्टद्वारा रक्तदान कार्यक्रम सञ्चालन
काठमाडौं, भदौ १८
फिटवेल गामेन्ट प्रालीले निषेधाज्ञामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बजारमा रगतको अभाव भएपछि निषेधाज्ञाको समयमा पनि सामाजिक दुरी कायम गरेर रक्तदान कार्यक्रम आयोजना गरेको ग्रामेंटका संचालक मनोज कुमार भारतीले बताए ।
काठमाडौँको नागार्जुङ नगरपालिका वडा नम्बर ६ स्थित गार्मेन्टको आँगनमा गरिएको रक्तदान कार्यक्रममा करिब ४२ जनाले रगत दिएका छन् । राष्ट्र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, उपमेयर शुशिला अधिकारी रक्तदान कार्यक्रममा उपस्थित भएका थिए । लामो समय कोरियामा काम गरेपश्चात स्वदेश फर्केर मनोज भारतीले गार्मेन्ट व्यवसाय संचालन गरेका हुन् ।
गार्मेन्टमा ७० जना कामदार छन् । निषेधाज्ञाको समयमा पनि भौतिक दुरी कायम राखेर सिमित काम भईरहेको संचालक भारतीले बताए । बिगत ७ बर्षदेखि संचालनमा रहेको गार्मेन्टमा सबै प्रकारका कपडा तथा आदेश अनुसार पोशाक तथा ड्रेस उत्पादन गरिने संचालक भारतीले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया