काठमाडौं, भदौ २१
काठमाडौं उपत्यकामा बाहिर जिल्लाबाट मानिस प्रवेश गर्न नदिएको लामो समय भयो तर यहाँ कोरोना संक्रमितको संख्या बढ्नुको सट्टा दिनहुँ बढ्दै गएको छ । यसले उपत्यकामा कोरोनाका महामारी नै रहेको संकेत गरेको छ ।
शनिबार काठमाडौँ उपत्यकामा चार सय आठ जना कोरोना संक्रमित फेला परेका छन् ।
योसहित देशभर एक हजार ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट नौ जनाको मृत्यु भएको जानकारी दिए । शनिबारसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई सय ८० पुगेको छ ।
शनिबारसम्म सङ्क्रमित र सङ्क्रमणमुक्त समेतगरी ४५ हजार दुई सय ७७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार आठ सय ७० छ । संस्थागत आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या नौ हजार आठ
सय ६६ छ । संस्थागत आइसोलेसनअन्तर्गत प्रदेश नं १ मा सात सय ९९, प्रदेश नं २ मा तीन सय २५, वाग्मती प्रदेशमा पाँच हजार आठ सय ७५, गण्डकी प्रदेशमा आठ सय ६०, प्रदेश नं ५ मा नौ सय पाँच, कर्णाली प्रदेशमा ३० र सुदूरपश्चिम प्रदेशमा सात सय ७२ जना छन् ।
होम आइसोलेसनमा आठ हजार चार जना छन् । हालसम्म विश्वमा दुई करोड ६७ लाख ९९ हजार चार सय नौ कोभिड–१९ बाट सङ्क्रमित छन् । आठ लाख ७९ हजार २८ व्यक्तिको मृत्यु भइसकेको छ । एक करोड ८९ लाख १० हजार चार सय ३० व्यक्ति विश्वभर यस रोगबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार चार सय ७३ जनामा पीसीआर परीक्षण गरिएको छ ।
हालसम्म जम्मा सात लाख ५७ हजार नौ सय ६३ को पीसीआर परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिको सङ्ख्या छ हजार पाँच सय ६१ छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार पाँच सय ६६ छ । कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औसतमा ६० प्रतिशत छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया