बजार खोल्ने वातावरण बनाइदिन व्यवसायीको माग
जनकपुरधाम, भदौ २२
जनकपुरधामका उद्योगी व्यापारीहरुले स्वास्थ्य मापदण्ड अपनाएर बजार खोल्न दिने वातावरण निर्माण गरिदिन प्रदेश २ सरकार र स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । कोरोना महामारीबाट जारी गरिएको लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय धराशायी हुँदै गएको भन्दै जनकपुरधाम उधोग वाणिज्य संघले बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म व्यापार व्यावसाय सञ्चालनको वातावरण बनाइदिन आग्रह गरेको हो ।
संघका अध्यक्ष ललित कुमार साहको नेतृत्वको पदाधिकारीहरुसहित व्यापारीहरुको टोलीले आइतबार मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । साथै औषधि, डेरी, कृषि सामग्री, मल, बीउबीजन, भेटेरिनरी पसल, खाद्यान्न पसल किराना तथा बैंक, वित्तीय संस्थाहरु नियमित सञ्चालन गर्न पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
हरियो तरकारी तथा फलफूल, घुम्ती पसल साइकल, ठेला, मोटरसाइकल, टेम्पुमा राखी टोल–टोलमा घुमाएर साँझ ५ बजेपछि मात्र बेचबिखन गर्ने व्यवस्था मिलाउनुपर्ने संघका अध्यक्ष ललित साहले बताए । यस्तै कोरोना परीक्षणको दायरा बढाउन, दुईवटा थप पीसीआर मेसिन तुरुन्त सञ्चालन गर्न र कोभिड अस्पताल सञ्चालन गर्न पनि संघले माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी भट्टराईले व्यापारीहरुको पीडा आफूहरु बुझिरहेको बताउँदै संघले राखेको मागप्रति गम्भीर भई कार्यान्वयन गर्ने र बजार खोल्ने समय बढाउने प्रतिबद्धता जाहेर गरेको संघका महासचिव जितेन्द्र महासेठले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया