पिउनेपानी माग गर्दै चरीकोटमा रित्तो गाग्री प्रदर्शन
सुबास बस्नेत
दोलखा, भदौ २२
दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुका उपभोक्ताहरुले सदरमुकाम चरीकोटमा पिउने पानीको माग राख्दै रित्तो गाग्री प्रदर्शन गरेका छन् । भेड्पुस्थित अर्ले खानेपानी आयोजनाको लागि आएको बजेट गाउँपालिकाले आर्थिक वर्षको सुरुमै रकमान्तर गरी अन्यत्र लैजान खोजेपछि आइतबार स्थानीय उपभोक्ताले चरीकोटमा रित्तो गाग्री प्रदर्शन गरेर विरोध गरेका हुन् । सोही वडाका वडाध्यक्ष छत्रबहादुर तामाङसहितका उपभोक्ताहरुले रित्तो गाग्री, बाल्टिन, जर्किन बोकेर खानेपानी माग्दै विरोध प्रदर्शन गरेका छन् ।
खानेपानीको बजेट तोकिएको ठाउँमा खर्च नगरेसम्म आन्दोलन गरिरहने उपभोक्ताहरुले बताएका छन् । गाउँपालिकाले खानेपानी आयोजनामा छुट्याएको बजेटलाई रकमान्तर गरेर अन्तै लैजान खोजेपछि उपभोक्ता र गाउँपालिकाबीच केही समय अघिदेखि विवाद चल्दै आएको थियो । विनियोजित रकम सोही ठाउँमा प्रयोग गर्नको लागि गाउँपालिकामा ध्यानाकर्षण गराउन गएका उपभोक्ता समितिका अध्यक्षसहित पाँच जनालाई गाउँपालिका अध्यक्षले अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गराई मुद्दा चलाएपछि द्वन्द्व चर्किएको थियो ।
संघीय सरकारबाट सो खानेपानी आयोजनाको लागि तोकेर आएको ९० लाख बजेट गाउँपालिकाले अन्यत्र रकमान्तर गरेको विरोधमा ज्ञापनपत्र बुझाउन गएका उपभोक्ता समितिका अध्यक्षसहित पाँच जनालाई दोलखा प्रहरीले पक्राउ गरेको थियो । गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले आफूमाथि आक्रमण प्रयास भएकोले प्रहरीले उनीहरुलाई पक्राउ गरेको दाबी गरेका छन् । उनले आफू असुरक्षित भएको भन्दै सुरक्षाका लागि स्थानीय प्रशासनसँग माग समेत गरेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया