मुगामाया हत्याको एक वर्ष : दोषी पत्ता लगाउन नसकेको परिवारको गुनासो
महेन्द्र शाही
सोलुखुम्ब, भदौ २४
सोलुखुम्बुकी मुगामाया घतानीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको ध्यानाकर्षण गराएका छन् । गत वर्ष भदौ २० गते सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीकी घतानीको हत्यामा संलग्न व्यक्ति घटना भएको एक वर्ष पूरा हुँदा समेत पहिचान गर्न नसकेको भन्दै परिवारले प्रहरीको ध्यानार्कषण गराएको हो ।
एक वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्नुले प्रशासन र प्रहरीले यो विषयमा चासो नदिएको जस्तो देखिएको प्ररिवारजनको भनाइ छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालय पुगेर घटनालाई हलुका रूपमा लिएको दाबी गरेका छन् । यो घटनालाई सरलरूपमा नलिन मृतकका भाइ गोपाल घिमिरेले आग्रह गरे । हत्यारा पत्ता लगाएर कारबाही गर्नुपर्ने उनको भनाइ छ ।
यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले भने सो घटनालाई प्रहरीले गम्भीररूपमा लिएको बताएका छन् । आफूहरूले यस विषयलाई गम्भीररूपमा लिएको उनले बताए । प्रहरीको छविसँग जोडिएको घटना भएको भन्दै अनुसन्धानको क्रममा पटक–पटक गरी शंकास्पद ७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य भएको बताए । जुनसुकै हालतमा पनि दोषी पत्ता लगाएयर छाड्ने उनको दाबी छ । आफूहरू निरन्तररूपमा यस विषयमा अनुसन्धानमा रहेकाले छिटै हत्यारा पत्ता लाग्ने उनको भनाइ छ ।
विस २०७६ साल भदौ २० गते राति सल्लेरीको आर्मी क्याम्प नजिकै स्थानीय ४७ वर्षीया मुगामाया घतानीको दुवै हातको नाडीमा काटिएको अवस्थामा घरभित्रै शव फेला परेको थियो । घटनामा प्रयोग भएको चक्कु र मृतकले लगाएको पोते तिल्लहरी निकालेको अवस्थामा घर नजिकै फेला परेको प्रहरीले जनाएको छ । तर पनि अहिलेसम्म त्यो घटनामा संलग्नलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैनन् । उक्त घटनालाई सम्झादा सिंगो महिलाहरूले असुरक्षाको महसुस गर्ने गरेको महिला अधिकारकर्मी मोहनकुमारी कार्कीले बताइन् । यस्ता घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने कार्कीको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया