बालुवासहित पक्राउ परेका चार जना जनही १८ हजार धरौटीमा छुटे
सुबास बस्नेत
दोलखा, भदौ २४
गत भदौ १५ गते साँझ उत्तरी दोलखाको विगु गाउँपालिका–४, लादुकको ओलीटारस्थित तामाकोसी नदी किनाराबाट गैरकानुनी रूपमा बालुवा उत्खनन् गरेको आरोपमा पक्राउ परेका ४ जनालाई ७५ हजार धरौटीमा छाडिएको छ । पक्राउ परेका ४ जनाले ७५ हजार पाँच सय २० रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को कसुरअनुसार जनही १८ हजारभन्दा बढी धरौटी माग गरिएको र पक्राउ परेका ४ जनाले कुल ७५ हजार पाँच सय २० रुपैयाँ धरौटी बुझाएको गौरीशंकर संरक्षण क्षेत्र चरीकोटका सूचना अधिकारी शिवलाल गैरेले जानकारी दिए ।
कानुनअनुसार तामाकोसी नदीमा असारदेखि भदौ मसान्तसम्म बालुवा उत्खनन् गर्न निषेध गरिएको अवस्थामा बालुवाको अवैध उत्खनन् गर्दै गरेको अवस्थामा ४ ट्याक्टरसहित ४ जना पक्राउ परेका थिए । गौरीशंकर संरक्षण क्षेत्रको क्षेत्राधिकारभित्र पर्ने लादुकको ओलीटारस्थित तामाकोसी नदीबाट लोड गरिएको ट्याक्टरसहित पक्राउ परेका नविन श्रेष्ठलाई १८ हजार चार सय ८०, सदिल श्रेष्ठलाई १८ हजार सात सय २०, छत्रबहादुर जिरेललाई १८ हजार सात सय २० र रामेछापका जीवन कार्कीलाई १८ हजार छ सय रुपैयाँ धरौटी तिर्न लगाइएको सूचना अधिकारी गैरेले जानकारी दिए ।
चालकलाई सो धरोटीमा छुटेका भए पनि लु ३ त ५१८६, लु ६ त २९५०, लु ३ त ९२६१ र लु ३ त ९७०३ नम्बरको ट्याक्टर अझै संरक्षण क्षेत्रको नियन्त्रणमा नै रहेको गैरेले बताए । पक्राउ परेकाहरू धरौटीमा मात्र छुटेका र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ उपदफा १(च) को कसुर गरेको अभियोगमा अनुसन्धान भइरहेको गैरले बताए । सो दफाअनुसार बिगोबमोजिम वा बिगोको दोब्बर जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया