चरीकोट–जिरी सडकखण्डमा कालोपत्रेको काम रोकियो
सुबास बस्नेत
दोलखा, भदौ २५
लगातारको वर्ष र निषेधाज्ञाका कारण चरीकोट–जिरी सडकखण्डको काम प्रभावित बनेको छ । चैतदेखि चलेको लकडाउन र त्यसपछि दैनिक पर्ने झरीको कारण काम गर्न समस्या भएको चरीकोट–जिरी सडक निर्माण कम्पनीले जनाएको छ । चरीकोट–जिरी सडकखण्डअन्तर्गत ५५ किलोमिटर सडक विस्तार कार्य भइरहेको छ । उक्त सडकखण्डका परामर्शदाता प्रमुख इन्जिनियर राजेन्द्र भण्डारीले असारपछिको दुई महिनामा काम गर्न असहज भएको बताए । असारसम्म चरीकोटदेखि तामाकोसीसम्मको कालोपत्रे सक्ने लक्ष्य राखेको कम्पनी लकडाउन र झरीका कारण नौ किलोमिटरमा मात्र सीमित भएको छ ।
५५ किलोमिटर एउटै प्याकेजको ठेक्का रहेको यस खण्डको काम डेढ वर्षअघि मात्र सुरु भएको हो । अन्य ठाउँमा ग्याबिन, पुल, नाली, टेवा पर्खाल, कल्भर्टको काम मौसम सुधार हुँदा आंशिक रूपमा भइरहे पनि कालोपत्रेको काम भने ठप्प भएको उनले बताए । अन्य महिनामा २ प्रतिशतसम्म काम भए पनि हिजोआज शून्य दशमलव पाँच प्रतिशत पनि काम गर्न नसकिएको आयोजनाले जनाएको छ ।
आयोजनाले १९ महिनाको अवधिमा करिब ४३ प्रतिशत मात्र काम गरेको सडकका परामर्शदाता प्रमुख भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार लकडाउन र मौसम सुधार भएको भए आयोजनाले ६२ प्रतिशत काम सकिसक्नुपर्ने थियो । बन्दबन्दी र खराब मौसमको कारण सडकको काममा २१ प्रतिशत लस भएको उनले बताए । अहिले नाम्दुदेखि मैनापोखरी सडकखण्डमा सब बेसको काम भइरहेको छ ।
३५ वर्षअघि स्वीस सरकारको सहयोगमा निर्माण गरिएको सो सडकमा केन्द्रदेखि दायाँबायाँ ३० मिटर जग्गा मुआब्जा तिरेर सडकले आफ्नो स्वामित्वमा उही बेला ल्याएको थियो । अहिले भारतीय एक्जिम बैंकको ऋण सहयोगमा सडक विस्तार भइरहेको छ । निर्माण कम्पनीले चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक तीन चरणमा कालोपत्रे गर्ने तयारीका साथ काम गरिरहेको छ ।
सडक निर्माण गर्न एक्जिम बैंकले ३ अर्ब ७० करोड सहुलियत ऋण दिएको छ । उक्त सडक निर्माणका लागि लामा भारतीय कम्पनी उडहिल र नेपाली कम्पनी लामा कन्स्ट्रक्सनलाई जिम्मा दिइएको छ । दुई अर्ब २८ करोडमा निर्माण सम्झौता भएको यस खण्डमा नौ किलोमिटर सडक किरातिछापदेखि तामाकोसी हाइड्रोपावरको सडक मुखसम्म कालोपत्रे सम्पन्न भएको छ । त्यस्तै आठ किलोमिटर सडकमा दुईवटा बेस राख्ने काम भइरहे पनि लगातारको झरीले रोकिएको छ । सडक निर्माण सक्नुपर्ने अवधि करिब ३० महिना रहेको छ । चैतअघि पाँच सय कामदारलाई खटाएर काम गरेको कम्पनीले लकडाउनका कारण चार सय कामदार घर गएपछि काममा फर्किन नसकेको जनाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया