तामाकोसी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गरिदिने
सुबास बस्नेत
दोलखा, भदौ २९
दोलखाको तामाकोसी गाउँपालिकाले गाउँपालिकाभित्रका सबै नागरिकहरूको कोरोना बीमा गरिदिने भएको छ । व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीको आधारमा चालू आर्थिक वर्षमा तामाकोसी गाउँपालिकाले कम्तीमा १५ हजार नागरिककोे कोरोना बीमा गरिदिने भएको हो । शनिबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले सहकारी संस्थागत सहयोग तथा साझेदारी कार्यक्रमअन्तर्गत रहेको नौ लाख खर्च गरेर कोरोना बीमा गरिदिने निर्णय गरेको तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।
सो बजेटले नपुगे आकस्मिक कोषबाट रकमान्तर गरेर भए पनि सबै नागरिकहरूको बीमा गरिदिने अध्यक्ष पोखरेलले बताए । नागरिकको कोरोना बीमा गराउनका निम्ति कार्यपालिका बैठकले त्रिपक्षीय साझेदारी गर्ने भएको छ । बीमा कम्पनीहरूले एक लाख रूपैयाँको कोरोना बीमा गराउन छ सय रूपैयाँ शुल्क तोकेका छन् । उक्त शुल्कमध्ये तीन सय रूपैयाँ सरकारले लगानी गरिदिने घोषणा यसअघि नै गरिसकेको छ । बाँकी तीन सयमध्ये एक सय गाउँपालिका, एक सय पालिकाभित्रका सहकारी र एक सय स्वयं नागरिकले हाल्नुपर्ने मापदण्ड कार्यपालिकाले तय गरेको छ ।
‘छ सय रूपैयाँमध्ये नागरिकको बीमा गराउन तीन सय रूपैयाँ सरकार आफैँले हालिदिँदैछ’ गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले भने– ‘बाँकी तीन सय गाउँपालिकाभित्रका सहकारी, गाउँपालिका र स्वयं बीमा गराउने नागरिकले एक–एक सय हाल्ने गरी बीमा गर्न लागेका हौँ ।’ उनले बीमाका लागि मापदण्ड बनाएर प्रतिवडा कम्तीमा दुईदेखि तीनवटा कम्पनीहरूलाई जिम्मेवारी दिइने बताए । २०६८ को जनगणनाअनुसार १८ हजार जनसंख्या रहेको तामाकोसी गाउँपालिकामा हाल करिब २५ हजार जनसंख्या रहेको अनुमान गरिएको छ । त्यसमा कम्तीमा १५ हजार जनाले बीमा गर्ने गाउँपालिकाको अनुमान रहेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया