आमाबाबुको मृत्यु भएका चार टुहुरालाई सहयोग
सुबास बस्नेत
दोलखा, भदौ ३०
सानैमा अभिभावक गुमाएर बिचल्ली बनेका दोलखाका चार जना टुहुरा बालबालिकालाई सहयोगको रकम जुट्न थालेको छ । एक वर्षअगाडि बैंकको ऋण तिर्न नसकेर बाबुले आत्महत्या गरेपछि आमासँग बस्दै आएका चार बालबालिकाहरु उपचारको क्रममा गत भदौ १७ गते आमाको पनि मृत्यु भएपछि बिचल्नीमा परेका छन् । उनीहरु बिचल्लीमा परेको समाचार प्रकाशित भएपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्नथालेको छ ।
करिब १० लाख रुपैयाँ ऋण लागेपछि दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर १ कालिञ्चोकका गणेश थामीले एक वर्षअगाडि आत्महत्या गरेका थिए । श्रीमानको मृत्युपछि उनकी श्रीमती अमृति थामीले आफ्ना चार जना छोराछोरी चरीकोट सदरमुकामको एक होटलमा काम गरेर पालनपोषण गर्दै आएकी थिइन् । श्रीमती अमृतिको पनि गएको १७ गते सामुदायिक अस्पताल चरीकोटमा मृत्यु भएपछि पत्रकार गोकर्णप्रसाद भण्डारीले बालबालिकाको सहयोगका लागि सामाजिक सञ्जालमार्फत अपिल गरेका थिए ।
अपिलपछि विभिन्न व्यक्तिहरुले बालबालिकाको सहयोगका लागि रकमहरु पठाइरहेको भण्डारीले बताए । उनीहरुलाई सहयोगका लागि आएको रकम बालबालिका नै नाममा संयुक्त ग्लोबल आईएमई बैंक चरीकोट शाखामा खाता खोलेर जम्मा गरिदिएको उनले बताए । यसैक्रममा थामी परिवारले भूकम्पपीडितको घर निर्माणका लागि लिएको मेगा बैंक चरीकोट शाखाको एक लाख तीन हजार पाँच सय रुपैयाँ नेपाली कांग्रेसका युवा नेता तथा व्यवसायी प्रभुराम श्रेष्ठले भुक्तानी गरिदिएका छन् ।
श्रेष्ठले बालबालिकाको भविष्य हेरेर मेगा बैंकले थामी परिवारको जग्गा लिलाम नगरोस् भनी आमाबाबु गुमाएका बालबालिकालाई हौसला प्रदान गर्न पनि ऋण चुक्ता गरिदिएको बताए । बालबालिकाको पठनपाठनको जिम्मा एसओएस बालग्राम बनेपाले लिएको छ । बालबालिकालाई विभिन्न क्षेत्रका व्यक्तिहरुले समेत सहयोग गरिरहेका छन् ।
अमेरिकामा रहेका नेपाली कांग्रेस दोलखाका नेता सानु शेर्पाको अगुवाइमा पनि एक लाख ५१ हजार एक सय ९० रुपैयाँ उनीहरुलाई पठाइएको छ । त्यसैगरी राप्रपाका केन्द्रीय सदस्य सोभित उप्रेतीले पनि २५ हजार रकम सहयोग गरेका छन्् । बालबालिकालाई दोलखा भीनपा १ सुस्पाक्षमावतीका अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत उज्ज्वल शिवाकोटीले १० हजार सहयोग गरेका छन् ।
दोलखाका अन्य विभिन्न व्यक्तिहरुले पनि बालबालिकाको खातामा सहयोग गर्ने क्रम जारी रहेको छ । दोलखामा घर भई परदेशमा रोजगारीको सिलसिलामा गएका नेपालीहरुले पनि ७५ हजार सहयोग गरेका छन् । त्यसैगरी अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने वीरगञ्ज उपमहानगर पालिका वडा नम्बर १८ बिसुवाका अमित रिजालले २५ हजार, दोलखाका समाजसेवी कर्मा शेर्पाले पाँच हजार र अन्य विभिन्न व्यक्तिहरुले दिएको ५७ हजार पाँच सय रुपैयाँ ग्लोबल आईएमई चरीकोट शाखामा जम्मा गरिएको भण्डारीले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया