दोलखामा असोज ७ गतेबाट विद्यालयमै पठनपाठन सुचारु हुने
सुबास बस्नेत
दोलखा, भदौ ३१
कोरोना भाइरस रोकथामको लागि सरकारले जारी गरेको लकडाउन र त्यसपछिको निषेधाज्ञाले चैतदेखि ठप्प बनेको शैक्षिक क्षेत्र दोलखामा सुचारू गर्ने निर्णय गरिएको छ । जिल्लामा विगत ६ महिनादेखि बन्द रहेका सम्पूर्ण विद्यालयमा आगामी असोज ७ गतेबाट पठनपाठन सुरु गरिने भएको हो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर आधारभूत र माध्यामिक तहको पठनपाठन सुचारु गर्ने निर्णय भएको छ ।
स्थानीय तहका जनप्रतिनिधिसहित मंगलबार बसेको जिल्ला शिक्षा समन्वय समितिको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डसहित कार्ययोजना बनाएर आधारभूत र मावि तहको कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । जिल्ला शिक्षा समन्वय एकाइ संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेका अनुसार आधारभूत तहका विद्यार्थीलाई सिकाइ केन्द्रको रूपमा टोलटोलमै पुगेर शिक्षकहरूबाट पठनपाठन गराइनेछ ।
यसैगरी ६ देखि १० कक्षासम्मका लागि भने विद्यालयमै कक्षा सञ्चालन हुनेछ । कक्षा सञ्चालन गर्न कोरोना रोकथामका उपाय तथा स्वास्थ्य सामग्री मास्क, स्यानिटाइजरसहित स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्नुपर्ने बैठकले निर्णय गरेको छ । बढी विद्यार्थी संख्या भएका विद्यालय र कक्षाको हकमा रोलनम्बरअनुसार जोरबिजोर प्रणालीअनुसार विद्यार्थीलाई कक्षामा सहभागी गराइनेछ । दोलखाका केही स्थानीय तहले यसअघि नै विद्यालय खोल्ने निर्णय गरेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया