आशिष बहादुर सिंह
बझाड. ।
जयपृथ्वी नगरपालिका नम्बर ५ का वडाध्यक्ष डम्बर सिहंकी श्रीमतीले दोहोरो सुविधा लिएको भेटिएको छ । वडाध्यक्ष सिंहकी श्रीमती लक्ष्मीदेवी सिंह स्थानीय ऋषिकुण्ड आधारभूत विद्यायमा शिक्षिकाको रूपमा कार्यरत रहेकी छिन् । लक्ष्मी लुयाटा स्थास्थ्यचौकीअन्तर्गतको महिला स्वास्थ स्वयमसेविका पनि हुन् ।
वडाध्यक्ष सिहंकी श्रीमती लक्ष्मीदेवी सिहंले विगत लामो समयदेखि नै दोहोरो सुविधा लिइरहेको पाइएको छ । एउटा व्यक्तिले दोहोरो सरकारी सुविधा लिन नपाउने व्यवस्था छ । दोहोरो सुविधा लिन नपाउने व्यवस्था भए पनि वडाध्यक्षले राजनीतिक शक्तिको आडमा श्रीमतीलाई दोहोरो सुविधा दिइरहेको स्थानीयको भनाइ छ । स्थानीयले दोहोरो सुविधा लिन नपाउने भन्दै बारम्बार विरोध जनाए पनि वडाध्यक्ष सिहंले श्रीमतीलाई दोहोरो सुविधा दिइरहेका छन् । दोहोरो सुविधा लिएको भन्दै जयपृथ्वी नगरपालिकामा स्थानीयको उजुरी समेत परेको थियो । नगरपालिकाले दोहोरो सुविधा लिएको सत्यतथ्य के हो राय पेश गर्न लुयाटा स्वास्थ्य चौकीलाई परिपत्र समेत गरेको थियो ।
नगरपालिकामा उजुरी परेको दुई महिना बितिसक्दा समेत वडाध्यक्ष सिहंकी श्रीमतीले दोहोरो सरकारी सुविधा उपभोग गरिरहेकी छिन् । राजनितिक पावरको भरमा आफ्नै श्रीमतीलाई दोहोरो सरकारी सुविधा उपभोग गर्न दिएको र वडाका अन्य योजनाहरू समेत राजनीतिक आस्थाका आधारमा वितरण गर्ने गरेको स्थानीएको आरोप छ ।
यस विषयमा वडाध्यक्ष सिहंले भने स्वयमसेविकाबाट हटाउन परिपत्र आइसकेकोले अबको केही दिनभित्रै महिला स्वास्थ्य स्वयमसेविकाको पदबाट राजीनामा दिने बताए । सिंहका अनुसार गाउँमा आमा समूहको बैठक बसाइसकेको र स्वयमसेविका छनोट भएलगत्तै महिला स्वास्थ्य स्वंयमसेविकाको पदबाट राजीनामा हुने बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया