काठमाडौं ।
केही श्रमिकलाई कोरोना देखिएपछि बन्द भएको रसुवागढी नाका सञ्चालनमा ल्याउन नेपाल र चीनबीच सहमति भएको छ । गत माघदेखि बन्द भएको उक्त नाका केही समयअगाडि थोरैथोरै सामान ल्याउने गरी खोलिए पनि नेपाली श्रमिकमा कोरोना देखिएपछि चीनले एकपक्षीय निर्णय गरी बन्द गरेको थियो ।
दशैँ तिहारजस्ता ठूला चाड आए पनि नेपाली व्यापारीको सामान चीनको केरुङमै रोकिएपछि नेपाली व्यवसायीले नाका खुलाएर सामान नेपाल ल्याउने व्यवस्था मिलाउन पटक–पटक आग्रह गर्दै आएका थिए । मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले दिएको जानकारीअनुसार नेपाल र चीनबीच उक्त नाका सुचारु गर्ने विषयमा सहमति भएको छ ।
मन्त्री ज्ञवालीका अनुसार उक्त नाका भएर बुधबार बीसीजीलगायत अत्यावश्यक खोप र औषधि नेपाल भित्रिएको छ भने चीनतर्फ रोकिएका सामानहरु एक हप्ताभित्र नेपाल भित्रिनेछ । यस्तै सरकारले नेपाल–चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल वार्ताका लागि कार्यसूची र टोलीको नाम स्वीकृत गरेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया