काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि देशव्यापी लकडाउन गर्नुपर्ने सुझाव दिएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले त्यस्तो सुझाव दिएको हो । २५ हजारभन्दा बढी संक्रमित देखिएमा नेपालका अस्पतालहरुको पूर्वाधारले धान्न नसक्ने मन्त्रालयको दाबी छ ।
स्वास्थ्य मन्त्रालयले २५ हजारभन्दा बढी कोरोना संक्रमितहरुलाई नेपालका अस्पतालहरुले धान्न नसक्ने दाबी गरे पनि मन्त्रीहरुले नै अब कहिल्यै पनि लकडाउन नहुने र कोरोनासँग जुध्दै आर्थिक गतिविधि पनि जारी राख्नुपर्ने बताउँदै आएका छन् । व्यवसायी र सर्वसाधारणले पनि कोरोनासँगै व्यावसायिक गतिविधि पनि जारी राख्नुपर्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा १७ हजार चार सय १४ जना कोरोनाका संक्रिय संक्रमित छन् । बुधबार मात्र एक हजार एक सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । सरकारले गत चैत ११ गतेदेखि साउन ६ गतेसम्म लकडाउन गरेको थियो भने त्यसपछि विभिन्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएका थिए । यसबाट देशको आर्थिक चौपट भएको छ । त्यही कारण अर्थतन्त्रका विज्ञहरुले स्वास्थय सावधानी अपनाएर आर्थिक गतिविधि जारी राख्नुपर्ने बताएका हुन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया