छबीसपाथिभेरा गाउँपालिकाद्वारा १० शैय्याको आइसोलेसन निर्माण
आशिष बहादुर सिंह
बझाङ ।
बझाङ जिल्लाको छबीसपाथिभेरा गाउँपालिका वडा नम्बर दुईले १० शैयाको आइसोलेसन निर्माण गरेको छ । विश्वमा नै महामारीको रूपमा फैलिएको कोरोनाको जोखिमलाई कम गर्नका लागि जयपृथ्वी नगरको सत्यवादी माविको भवनमा कोभिड आइसोलेसन केन्द्र बनाएको वडा नम्बर २ का वडा अध्यक्ष विकासकुमार अयडीले बताए । उनले भने, ‘गाउँपालिकाभरि १९ जना संक्रमित भइसकेका छन्, वडा नंम्बर २ मा पनि २ जना संक्रमित निको भई घर फर्किसकेका छन् ।’
भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै आइसोलेसन बनाएको र यो गाउँपालिकाभरिकै पहिलो आइसोलेसन भएको अध्यक्ष अयडीले बताए । छबीसपाथिभेरा गाउँपालिकामा १९ जना कोरोना संक्रमित रहेका छन् । संघीय सरकारले तत्कालको लागि प्रत्येक स्थानीय तहमा पाँच शैय्याको कोभिड अस्पताल बनाउन १० लाख बजेट एक एमबीबीएस डाक्टरसहित दुई जना स्टाफनर्सको दरबन्दी पनि पठाएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया