दुर्गमका गाउँमै सःमिल खुलेपछि स्थानीयलाई सुविधा
धन बहादुर जप्रेल
कञ्चनपुर ।
कञ्चनपुरको दुर्गम भेग लालझाडी गाउँपालिका २ शंकरपुर (कञ्ज) गाउँमै सामुदायिक सःमिल खुलेपछि स्थानीय उपभोक्तालाई सुविधा भएको छ । गत बर्षदेखि समुदाय स्तरमा लालझाडी सःमिल तथा फर्निचर उद्योग संचालनमा आएपछि उपभोक्तालाई सुविधा भएको हो ।
काठ पनि खेर नजाने, चोरी तस्करी हुने र उपभोक्ताले कुनै कामका लागि फर्निचर चिराउनु परे टाढा गएर बढी खर्च गर्नुपर्ने बाध्यता हटेको छ । ताल कार्यक्रममार्फत समुदायस्तरमा सञ्चालित उक्त सःमिलले उपभोक्ताको मात्रै काठ चिरान गर्दै आएको छ ।
लालझाडी सःमिल तथा फर्निचर उद्योग सञ्चालक समितिका अध्यक्ष अमर रानाले गाँउमै सःमिल खुलेसँगै उपभोक्तालाई लाभ भएको बताए । ‘हामी गैरउपभोक्ताको काठ चिरान गर्दैनौँ, ‘अध्यक्ष रानाले भने, ‘सामुदायिक वनबाट काठ खरिद गरेका उपभोक्ताको मात्रै चिर्छौँ ।’
सामुदायिक वनले उपभोक्तालाई वितरण गरेको काठ र सामुदायिक वनलाई चाहिने काठ चिरेर दिने गरेको अध्यक्ष रानाले बताए । ‘उपभोक्तालाई चाहिने काठ चिरेर लग्छन’, अध्यक्ष रानाले भने, ‘उपभोक्तालाई चाहिने काठ वनबाट चोरी पनि हुँदैन् यसबाट वन र पर्यावरण संरक्षण हुन्छ ।’ बाहिर काठ लगेर चिरान गर्दा समय र रकम पनि बढी खर्च हुने गरेको थियो, गाउँमै सःमिल सञ्चालनमा आएपछि उपभोक्तालाई सहज हुने भएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया