दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या
महेन्द्र शाही
सोलुखुम्बु ।
दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई समस्या भएको छ । जिल्लाको तल्लो भेगका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्र सीमित स्वास्थ्यकर्मीको भरमा सञ्चालन हुँदा समस्या भएको केन्द्रका प्रमुख डाक्टर अभिषेक सुमनले जानकारी दिए । उनका अनुसार नौ जना स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि अहिले छ जनाको भरमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ ।
स्वास्थ्य केन्द्रमा एक जना मेडिकल अधिकृत, तीन जना अहेब, तीन जना अनमी, एक जना स्टाफ नर्स र एक जना ल्याब टेक्निसियनको दरबन्दी रहेको छ । जसमा दुई जना अहेब, एक जना स्टाफ नर्स, एक जना ल्याब टेक्निसियनको पद खालि रहेको कार्यालयले जनाएको छ । केही कर्मचरी गाउँपालिकाले करारमा नियुक्त गरेर काम गरिरहेको भए पनि बर्थिङ सेन्टरसहित २४सै घण्टा सेवा प्रभाह हुने भएकाले समस्या भएको प्रमुख सुमनको भनाइ छ ।
पछिल्लो समय स्वास्थ्य केन्द्रमा बिरामीको चाप समेत अत्याधिक भएकाले व्यवस्थापन गर्न निक्कै कठिन रहेको उनको भनाइ छ । विगतमा एक जना करारको मेडिकल अधिकृतसहित दुई जना डाक्टर भए पनि करारको मेडिकल अधिकृत हटाएसँगै एक जना डाक्टरको भरमा स्वास्थ्य केन्द्र सञ्चालन गर्नुपरेको उनले सुनाए ।
हाल स्वास्थ्य केन्द्रमा दैनिक ५० जनाको हाराहारीमा बिरामी आउने गरेको प्राथमिक स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ । जसमा दीर्घरोगी, मौसमी रोगलगायतका बिरामी बढी आउने गरेको जनाइएको छ । यता स्वास्थ्य कार्यालय सोलुखुम्बुले भने लोकसेवाको परीक्षा हुन नसक्दा कर्मचारी पदपूर्ति गर्न नसकिएको बताएको छ । लोकसेवाबाट पदपूर्ति नहुन्जेलसम्म पालिकाले करारमा कर्मचारी राखेर सेवा दिनुको विकल्प नरहेको कार्यालय प्रमुख खकुरेलले जानकारी दिए । आयोग खुलेपछि कर्मचारी व्यवस्थापन हुने उनले बताए ।
तीन महिनामै २४ जनाको सुत्केरी गराए : थमिक स्वास्थ्य केन्द्र सल्यानको बर्थिङ सेन्टरमा चालू आर्थिक वर्षको तीन महिनामा २४ जनाले प्रसूति गराएका छन् । कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको असार, साउन र भदौमा २४ जनाले सेन्टरमा आएर सामान्य अवस्थामा प्रसूति गराएको प्रमुख सुमनले जानकारी दिए । स्वास्थ्य केन्द्रका प्रमुख अभिषेक सुमनका अनुसार अघिल्लो वर्ष जम्मा ५९ जनाले सुत्केरी गराएकोमा यस वर्षको तीन महिनामै २४ जनाले सुत्केरी गराएको छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया