धनुषाका चारसहित प्रदेश २ का ३५ स्थानीय तहले बजेट ल्याउन सकेनन्
बटुकनाथ झा
जनकपुरधाम ।
धनुषाका चारसहित प्रदेश २ का ३५ स्थानीय तहले चालू आर्थिक वर्षको लागि बजेट ल्याउन सकेका छैनन् । असारको दोस्रो सातामा नै नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी प्रावधान भए पनि प्रदेश २ का ३५ वटा स्थानीय तहहरूले असोजको दोस्रो साता चलिरहँदा पनि बजेट ल्याउन नसकेका हुन् । प्रदेश नम्बर २ को धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहले संवैधानिक व्यवस्था अनुसार चालू आर्थिक वर्षको बजेट ल्याउन सकेको छैनन् ।
असार १० गतेभित्र ल्याइसक्नुपर्ने बजेट प्रथम चौमासिकको दुई महिना बित्दा समेत ल्याउने छाँटकाँट देखाएका छैनन् । धनुषाका तीनवटा नगरपालिका र एउटा गाउँपालिकाले बजेट ल्याउन नसकेको हो । यसमध्ये मिथिला नगरपालिकाले बजेट नगरसभाबाट ल्याए पनि अहिलेसम्म संघीय सरकारसमक्ष पठाएको छैन ।
त्यस्तै गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका, धनौजी गाउँपालिकाले अहिलेसम्म बजेट तयार नै गरेका छैनन् । चारवटै पालिकाले निर्धारित समयमा बजेट ल्याउन नसक्नुको कारण प्रमुख र उपप्रमुखको आ–आफ्नो अडान र स्वार्थ रहेको स्थानीय जानकारहरूको भनाइ छ ।
धनुषासँगै प्रदेश दुईका अन्य ३५ स्थानीय तहहरूको हालत पनि उस्तै रहेको छ । अहिलेसम्म प्रदेशको १८ नगरपालिका र १७ गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन् । प्रदेशको सबैभन्दा बढी रौतहट जिल्लाको १० स्थानीय तहले बजेट ल्याएका छैनन् । त्यस्तै सप्तरीको तीनवटा गाउपालिका र एउटा नगरपालिका गरी चार पालिकाले बजेट ल्याएका छैनन् ।
सिराहाको तीनवटा गाउँपालिका र तीनवटा नगरपालिका गरी कुल छ स्थानीय तह, महोत्तरीको दुईवटा गाउँपालिका, बाराको एउटा नगरपालिका र एउटा गाउँपालिका गरी दुई पालिका र पर्साको एउटा नगरपालिका र पाँचवटा गाउँपालिका गरी छवटा पालिकाले अझैसम्म पनि बजेट ल्याउन नसकेका हुन् ।
सप्तरीको बजेट ल्याउन नसक्ने स्थानीय तहहरूमा छिन्नमस्ता गाउँपालिका, राजगठ गाउँपालिका, महादेवा गाउँपालिका, सप्तकोसी नगरपालिका, सिराहाको कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, अर्नमा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर नगरपालिका, बरियापट्टि गाउँपालिक र लक्ष्मीपुर पतारी गाउँपालिका रहेका छन् ।
यस्तै धनुषाको गणेशमानचारनाथ नगरपालिका, कमला नगरपालिका, मिथिला नगरपालिका र धनौजी गाउँपालिका, महोत्तरीको पिपरा गाउँपालिका र सम्सी गाउँपालिका रहेका छन् भने रौतहटको गरुडा नगरपालिका, राजदेवी नगरपालिका, ईश्वरनाथ नगरपालिका, कटहरीया नगरपालिका, देवाही गोनाही नगरपालिका, परोहा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, वृन्दावन नगरपालिका र यमुनामाई गाउँपालिका रहेका छन् ।
यसैगरी बाराको सिम्रौनगढ नगरपालिका र विस्रमपुर गाउँपालिका, पर्साको पोखरीया नगरपालिका, जगरनाथपुर गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका र जिराभवानी गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया