Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसुत्केरी महिलाका लागि आयोडिन नुन र अण्डा वितरण

सुत्केरी महिलाका लागि आयोडिन नुन र अण्डा वितरण


बझाङ, पुस ११
बझाङ जिल्लाको सबैभन्दा विकट साइपाल गाँउपालिकाका गर्भवती तथा सुत्केरी महिलाका लागि गाँउपालिकाले अण्डा र आयोडिन नुन वितरण गरेको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत गाँउपालिकाको आर्थिक सहयोगमा गाँउपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई गर्भ जाँच गराएबापत र स्वास्थ्य संस्थामा सुत्केरी भएबापत कुखुराको अण्डासँगै आयोडिनयुक्त नुन वितरण गरिएको साइपाल गाँउपालिकाका स्वास्थ्य संयोजक लोकेन्द्र जेठाराले बताए । गाँउपालिकाका सबै सुत्केरी तथा गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा सुत्केरी गराउन नआउने परिपाटीको अन्त्य गर्ने र आमा र शिशुको स्वास्थ्य स्वस्थ राख्ने उद्देश्यले कार्यक्रम तय गरिएको बताइएको छ ।

गर्भावस्थामा चार पटक चेकजाँच गराएबाफत पटकैपिच्छे छवटा अण्डाका दरले वितरण गर्ने र सुत्केरी भएको बेला पाँचवटा अण्डा, सुत्केरी भएको तीन दिन र एक हप्तापछि पुनः चेक जाँच गराएबापत पाँच/पाँचवटाका दरले स्वास्थ्य संस्थाबाट उपलब्ध गराउने गरिएको छ । गर्भ जाँचदेखि सुत्केरी भएसम्म एक महिलाले ३९ अण्डा पाउने व्यवस्था छ । यसरी स्वास्थ्य संस्थामा अण्डा उपलब्ध गराउन थालेपछि गर्भ जाँच गराउनेको संख्यामा वृद्धि भएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x