सोलुखुम्बु ।
भालुको आक्रमणबाट सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ खोरियामा एक वृद्धा गम्भीर घाइते भएकी छिन् । सोमबार बिहान करिब साढे १० बजे घरनजिकैको मकैबारीमा भालुले आक्रमण गर्दा स्थानीय ८० वर्षीया विमाया श्रेष्ठ गम्भीर घाइते भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ ।
घाइते श्रेष्ठको अहिले जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको उपचारमा सलंग्न डाक्टर ओमप्रकाश थापाले बताए । उनका अनुसार घाइतेको आँखा, पाखुरा र ढाड पनि गहिरो चोट लागेको छ । पाको उमेर भएकाले उपचारमा जटिलता आउन सक्ने भएकाले काठमाडौँ रेफर गर्ने अवस्था आउन सक्ने उपचारमा संलग्न डा. थापाको भनाइ छ ।
अहिले सामान्य उपचार यही गरिरहेको उनको भनाइ छ । जिल्लामा नै उपचार हुने सम्भावना न्यून रहेको उनले बताए । घरअगाडिको मकैबारीमा गएकी श्रेष्ठलाई एक्कासी भालुले आक्रमण गरेको आफन्त धनकुमार श्रेष्ठले जानकारी दिए ।
घरमा एक्लै बस्दै आएकि वृद्धाको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको बताइएको छ । जिल्लामा भालुको आक्रमणबाट वर्षेनी बालीनालीसहित मानवीय क्षति हुनेगरेको छ । केही दिनअघि मात्र जिल्लाको महाकुलुङमा भालुकै आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । यो समयमा भालुले बच्चा जन्माउने भएकाले बढी आक्रामक हुने डिभिजन बन कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर इन्द्र सापकोटाले बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया