बाँके ।
जिल्ला समन्वय समितिमा बाँकेमा रहेको चार करोड रुपैयाँ कोरोना विशेष अस्पतालको स्तरोन्नतिका लागि खर्च गरिने भएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या दैनिक बढेको र आवश्यकताअनुसार आइसोलेसन तथा यसका लागि बजेट अभाव देखिएकाले उक्त रकम खर्च गरिने भएको हो ।
केही दिनअघि बसको मन्त्रिपरिषद् बैठकले जिल्ला सममन्वय समिति बाँकेमा रहेको चार करोड रुपैयाँ कोरोना विशेष अस्पतालको स्तरोन्नतिका लागि खर्च गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को यस्तो निर्णयसँगै बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ नेतृत्वको टोलीले अस्पतालमा थप बेडसहितको आइसोलेसनको सम्भाव्यताबारे अवलोकन समेत गरेको छ ।
उक्त टोलीमा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जका इन्जिनियर विजय केशर खनाललगायतको टोलीले भेरी अस्पतालको सम्भाव्यताबारे अवलोकन गरेको थियो ।
भेरी अस्पतालमा अक्सिजन सुविधासहित ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइए पनि लक्षणसहितका गम्भीर बिरामीहरुको संख्या बढ्दै गएपछि थप आइसोलेसनसहितको सेवा अनिवार्य देखिएको हो ।
बढ्दो कोरोना संक्रमितको सहज र प्रभावकारी उपचारका लागि भेरी अस्पतालमै थप बेडसहितको आइसोलेसन सञ्चालन गर्नेमा सरोकारवालाहरुले प्रतिबद्धता समेत जनाएका छन् । भेरी अस्पताल कोरोना विशेष अस्पतालका कोभिड–१९ कमाण्डर डाक्टर श्यामसुन्दर यादवले भेरी अस्पतालभित्रै थप आइसोलेसन सञ्चालन गर्नुपर्ने बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया