काठमाडौं ।
इजरायली श्रम बजार नेपालीका लागि खुल्ला गरिएको छ । बुधबार नेपाल र इजरायलबीच इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएसँगै नेपालीका लागि इजरायली श्रम बजार खुल्ला भएको हो ।
इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी आसनकजीले हस्ताक्षर गरेका थिए ।
सम्झौतासँगै केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल/रेष्टुरेष्ट, निर्माण लगायतका क्षेत्रमा इजरायलले नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ । यद्यपि, प्रत्येक क्षेत्रका लागि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया सुरु हुने बताइएको छ ।
यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति समेत भइसकेकोले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, हेरचाह केन्द्र आदि)मा नेपालबाट केयरगिभर ल्याउनेसम्बन्धी कार्यान्वयन प्रोटोकलमा छिट्टै सम्झौता हुनेछ । नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच उक्त प्रोटोकलमा काठमाडौंमा हस्ताक्षर हुनेछ र तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा पाँच सय जना नेपालीहरु इजरायल जान पाउनेछन् ।
राजदूत शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकहरुका लागि इजरायलको कृषि, आतिथ्य, निर्माणलगायतका रोजगारीका क्षेत्रहरु पनि खुला गर्न इजरायली पक्षसँग आग्रह गरिन् । उक्त भेटवार्तामा अस्थायी रोजगारी सम्झौतापत्रमा हस्ताक्षरका साथै इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (एमएएसएचएभी)को तत्वावधानमा नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन (एसीई) स्थापना गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू) मा समेत सम्झौता भएको थियो ।
समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीव्रता पाउनेछ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने विश्वास लिइएको छ । यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा समेत गरिएको छ ।
सम्झौतामा हस्ताक्षर हुनुअघि राजदूत शाक्य र मन्त्री आसनकजीबीच द्विपक्षीय भेटघाट भई दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा चर्चा समेत भएको थियो । भेटघाटका क्रममा मन्त्रीले नेपालको संविधान दिवसको अवसरमा बधाई तथा शुभकामना दिँदै यो महामारीपछि छिटै नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको इजरायल भ्रमण हुने विश्वास व्यक्त गरे ।
उनले नेपालको सौन्दर्यको चर्चा गर्दै नेपालीहरुको कोमलपन र सहनशीलतालाई इजरायलीहरुले मन पराउने गरेको साथै सधैं नेपाल जान प्रेरित गर्ने गरेको बताए । यसै सन्दर्भमा राजदूत शाक्यले नेपाल र इजरायलबीच उच्चस्तरीय भ्रमण तथा सीधा हवाइ उडानको आवश्यकता रहेको बताइन् । इजरायल नेपालको पुरानो मित्र रहेको स्मरण गर्दै उनले आगामी दिनमा दुई देशबीच थप सघन सहकार्य हुने अपेक्षा व्यक्त गरिन् ।
साथै राजदूत डा. शाक्यले विभिन्न विधामा विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, उद्यमशीलता विकास, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा पनि जोड दिइन् । प्रतिक्रियास्वरुप मन्त्री असनकजीले इजरायल नेपालसँग सहकार्य गर्न अत्यन्तै इच्छुक रहेको बताएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया