कोरोनाका कारण वीरगञ्ज महानगरको विकास निर्माणका योजनाहरू प्रभावित
सन्तोष पौडेल
बीरगञ्ज ।
कोरोना महामारीको कारण वीरगञ्ज महानगरको विकास निर्माणका योजनाहरू प्रभावित भएको छ । गत चैतदेखि भदौसम्म वीरगञ्जमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएर विकराल रूप लिँदा उद्योग–व्यापारसँगै विकास निर्माणमा पनि नकारात्मक असर परेको छ ।
महानगरको विभिन्न योजनाका कामहरू अहिले ठप्प छन् । उक्त योजनाहरू कात्तिकपश्चात् मात्र सुरू हुने देखिएको छ । गत आव २०७६÷०७७ मा वीरगञ्ज महानगरको करिब १८ करोड रूपैयाँ फ्रिज भएर महानगरकै खातामा बसेको छ । सरकारले गत वर्षको बजेट फिर्ता लिएको छैन । आगामी पुस मसान्तभित्र काम गरी फछर्योट गर्ने तयारीमा महानगर छ ।
महानगरका लेखा अधिकृत रूपनारायण राउतका अनुसार वीरगञ्ज महानगरले केन्द्र सरकारबाट पाएको १५ करोड र प्रदेश सरकारबाट पाएको तीन करोड गरी कुल १८ करोड रूपैयाँ खर्च गर्न नसकेर फ्रिज भएको हो । गत आवमा वीरगञ्ज महानगरले चार अर्ब ७२ करोड ७८ लाख २६ हजारको बजेट विनियोजन गरेकोमा एक अर्ब ८५ करोड ५८ लाख ३६ हजार रूपैयाँ खर्च गरेको थियो । जसमा चालूतर्फ एक अर्ब २१ करोड ७२ लाख र पुँजीगततर्फ ६३ करोड ८६ लाख १४ हजार खर्च भएको उनले बताए । गत वर्ष केन्द्र सरकारबाट महानगरले ससर्त अनुदानतर्फ चार शीर्षकमा रकम पाएको थियो ।
संघीय सरकारबाट हस्तान्तरित कार्यक्रममा ७१ करोड ५० लाख, समपुरकमा तीन करोड २४ लाख, विशेषमा दुई करोड र समानीकरणमा ४४ करोड १४ लाख गरी कुल करिब ७७ करोड केन्द्र सरकारबाट अनुदान प्राप्त गरेको थियो । जसमा समानीकरणको ४४ करोड रकमबाहेक तीनवटा शीर्षकको रकम फ्रिज भएको हो ।
त्यस्तै, तीन शीर्षकको ७७ करोडमध्ये गत आवमा कुल ६२ करोडको मात्र खर्च भएको उनले स्पष्ट पारे । त्यसैगरी, प्रदेश २ सरकारबाट पाएको तीन करोडमध्ये सबै रकम फ्रिज भएको लेखा अधिकृत राउतको भनाइ छ । अवस्था जटिल बन्यो, काम नभएर बजेट फ्रिज भयो, उनले भने, सरकारले आगामी पुस मसान्तभित्र काम गरी फछ्र्योट गर्ने योजना ल्याउँदै छ ।
आगामी चार महिनामा काम भयो भने महानगरको खातामा फ्रिज भएको रकम फिर्ता जाँदैन, यदि सो अवधिमा पनि भएन भने रकम फिर्ता जान्छ । वीरगञ्ज महानगरले गत आवमा आन्तरिक स्रोत राजस्व बाँडफाँड समेतबाट करिब ५४ करोड रूपैयाँ खर्च गरेको जनाएको छ । गत आवको अन्तिम चौमासिकमा विभिन्न वडामा सडक, नाला, विद्यालय, कल्भर्ट, धर्मशालालगायतका निर्माण योजना त्यसै रकमबाट भएको जनाइएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया