Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालम्याद गुज्रिएका सामान बेच्ने विशाल ग्रुपका सञ्चालकलाई उन्मुक्ति दिन सरकार नै सक्रिय

म्याद गुज्रिएका सामान बेच्ने विशाल ग्रुपका सञ्चालकलाई उन्मुक्ति दिन सरकार नै सक्रिय


विराटनगर ।
म्याद सकिसकेका खाद्यान्नहरूमा फेरि नयाँ मिति हालेर बजार पठाउन सक्रिय रहेको विशाल ग्रुपलाई उन्मुक्ति दिन सरकार नै लागी परेको पाइएको छ । विशाल ग्रुपका सञ्चालक संलग्न भएका घटनामा अहिलेसम्म कारबाही हुने गरेको छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले १५ असोजमा विशाल कम्पनीको कलंकी र बाफलका दुई गोदाममा छापा मारेको थियो । उक्त दुई गोदाममा छापा मार्दा म्याद नाघेका सामग्रीलाई नयाँ मिति हाल्दै बजारमा पठाउने गरेको पाइएको थियो ।

विशाल ग्रुपले सञ्चालन गरेको आयान डिस्ट्रिब्यूटर्सको गोदामबाट ट्याङ पाउडर जुस मात्रै पाँच हजार सात सय कार्टुनमा नयाँ मिति राख्दै गरेको अवस्थामा फेला पारेको थियो । त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि प्रिंगल्स आलु चिप्स सात सय कार्टुन, ओरियो बिस्कुट ७९ कार्टुन, बर्नभिटा हर्लिक्स पाँच कार्टुनमा नयाँ मिति राख्दै गरेको अवस्थामा फेला पारेको थियो ।

पुष्पादेवी अग्रवाल सञ्चालक रहेको उक्त आयान विशाल ग्रुपको भगिनी समूह हो । विराटनगरमा मुख्य कार्यालय रहेको विशाल ग्रुपले यसरी मिति थपेर सामान काठमाडौंमा चलेको बिग मार्टमा बेचिरहेको छ । विशाल ग्रुपका मुख्य सञ्चालकहरू जगदीश अग्रवाल र तुलसीराम अग्रवाल दुवै दाजुभाइले यस्तो काम पछिल्लो दुई वर्षभन्दा बढी समयदेखि गरिरहेको व्यवसायीस्रोतकै दाबी छ । गैरकानुनी काममा संलग्न रहेको अग्रवाल दाजुभाइको विशाल ग्रुपलाई रंगेहात पक्राउ गर्दा समेत सरकारले कुनै कारबाही अगाडि बढाएको छैन । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने विशाल ग्रुपलाई मन्त्रीदेखि सरकार उच्च पदस्थ कर्मचारीसम्मको आर्शीवाद छ ।

गत जेठ १५ गतेभन्दा करिब एक महिनाअगाडि विराटनगर भन्सार र वीरगञ्ज भन्सारमा विशाल ग्रुपले नेपाल आयात गरेको चकलेट पूर्वअर्थमन्त्री युवराज खतिवडाको सेटिङमा चकलेट तथा क्याटभरीको भन्सार दरबन्दी घटाउने सहमति स्वरूप एक महिनासम्म भन्सारका गोदाममा नै थन्किएको थियो । विशाल ग्रुपका पहिलो नम्बरका व्यवसायी खेलाडी तुलसीराम अग्रवाल र तत्कालीन अर्थमन्त्री खतिवडाका बीच निकै घनिष्टता रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया