वाटरपार्क परियोजनाका जग्गाधनीलाई स्थायी पुर्जा
जिएम यादव
बाँके ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजनाअन्तर्गतका जग्गाधनीहरुलाई स्थायी लालपुर्जा वितरण सुरु गरिएको छ । एक दशकपछि स्थायी प्रमाणपत्र प्राप्त गरेपछि जग्गाधनीहरु उत्साहित भएका छन् ।
नगर प्रमुख डा. धवलशमशेर राणा, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आइतबार उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा जग्गाधनीहरुलाई स्थायी लालपुर्जा हस्तान्तरण गरे । जग्गाधनीलाई स्थायी लालपुर्जा हस्तान्तरण गर्दै नगर प्रमुख राणाले लामो समयको प्रयासपछि वाटरपार्क परियोजनाको सम्पूर्ण कानुनी प्रक्रिया पूरा भई सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए ।
स्थायी पुर्जा वितरण सकिएलगत्तै सडक, खानेपानी, विद्युत्लगायतका कामका लागि ८० करोड बढिको टेण्डर प्रक्रियामा रहेको जानकारी दिए । वाटरपार्क परियोजनाअन्तर्गत घर निर्माणका लागि एकरुपता दिइने भएको छ । घरको डिजाइन र रङ एकै प्रकारको हुने भएको छ । डेढ वर्षभित्र सम्पूर्ण रुपमा परियोजनाको निर्माणकार्य सम्पन्न गर्ने गरी तयारी भइरहेको नगर प्रमुख राणाको भनाइ छ । २०६७ सालमा आयोजना स्वीकृत भएको हो । अब स्थायी पुर्जा प्राप्त भएपछि स्थानीयले घर निर्माण लगायतका अन्य कार्य गर्न पाउने भएका छन् ।
वाटरपार्क परियोजनाअन्तर्गत छ सय ६२ जनालाई स्थायी पुर्जा वितरण गरिँदै छ । बाँकी रहेको जग्गा भने प्लटिङ गरी बिक्री गरिनेछ । वाटरपार्क परियोजनाअन्तर्गत ६५ बिघा जग्गा रहेको छ । जग्गाको न्यूनतम मूल्यांकन समेत भइसकेको छ । वाटरपार्क आयोजनाअन्तर्गतका जग्गाधनी बलबहादुर चन्दले नेपालगञ्ज नगर विकास समितिमा जनप्रतिनिधिहरुको नेतृत्व भएपछि काम तीव्ररुपमा सञ्चालन भई जग्गाधनी स्थायी पुर्जा पाउन सफल भएको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया