तीन महिनामै खसीबोका बेचेर महिलाहरूले कमाए ६३ लाख
बाँके ।
बाँकेको फत्तेपुरका महिलाले खसीबोका बिक्री गरी ६३ लाखभन्दा बढी कमाएका छन् । राप्तीसोनारी गाउँपालिकामा रहेका महिलाहरूको तीनवटा सहकारीले दशैँलक्षित खसीबोका बिक्री गरी ६३ लाखभन्दा बढी रकम कमाएका हुन् । नेपालीको ठूलो पर्व दशैँतिहारमै बढी खसीबोका बिक्री हुने भएपछि खसीबोका उत्पादनमा वर्षेनी सहकारीमा आबद्ध महिला किसानको आकर्षण बढ्दै आएको छ ।
दशैँ तिहारका लागि रोशनी सहकारीले तीन सय २१, परिर्वतन सहकारीले दुई सय ८५ र नयाँ सृजनशील सहकारीले दुई सय १ खसीबोका गरी जम्मा तीन सय सात खसीबोका बिक्री गरेका हुन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ पिप्रहवामा रहेको रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँतिहार लक्षित तीन सय २१ वटा खसीबोका बिक्री गरेको अध्यक्ष साइजहाँ खाँले जानकारी दिइन् ।
उनका अनुसार उक्त खसीबोका बिक्रीबाट तीन लाख ५१ हजार पाँच सय ९१ रुपैयाँको कारोबार भएको छ । सहकारीमा कुल छ सय ८६ सेयर सदस्य भए पनि दुई सय ७५ जनाले मात्रै खसीबोका पालन गर्दै आएका छन् । सेयर पुँजी छ लाख भएको बताउँदै हालसम्म १२ लाख १३ हजार सात सय ५० रुपैयाँ बचत रहेको उनले जानकारी दिइन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया